दाङमा एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग व्यवसायमा करिब दुई अर्ब लगानी भएको छ ।
कृष्णपुर नगरपालिका–१, दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसो खेतीलाई आयआर्जनको दिगो माध्यम बनाउँदै आएको छ ।
मोरङको उर्लाबारी नगरपालिकामा नयाँ बसपार्ककाे शिलान्यास गरिएको छ ।
हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर एक गुल्म हेड क्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा नवनिर्मित विपद् व्यवस्थापन डिसास्टर मेनेजमेन्ट डिएम स्टोर भवनको उद्घाटन गरिएको छ ।
वर्षा भएपछि कैलालीका किसानलाई राहत भएको छ । लामो समयदेखि पानीको पर्खाइमा रहेका किसानलाई वर्षाले खुसी दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक सुरू भएको छ । ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय मुख्यालयमा केहीबेरअघि बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सुरू भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री तथा नेपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न नीतिगत र समग्र राज्यले नै सोच्ने तरिका सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका ९ स्थित प्रशिद्ध गलेश्वर शिवालयमा साउनको पहिलो सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार बिहानदेखि गलेश्वरधाम शिवालय मन्दिरमा भक्तजनहरूको चहलपहल सुरु भएको छ ।
पाँच वर्षअघिसम्म छायाँनाथ रारा नगरपालिका–६, कोटीला गाउँकी रामजीरा कुलाल र कमला मल्लले छत्यालवाडाको स्थानीय मूलपानीमा गाग्रीको पानी छोइन्छ कि भन्ने डरले एक–एक मिटरको दूरी कायम गरी कुवामा पानी भर्ने गर्थे ।
देशभर परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
कामधेनु गौशालालाई डेढ लाखभन्दा आर्थिक सहयोग गरिएको छ । आर्थिक समस्यामा रहेको साँफेबगर नगरपालिका– १० घुघुरकोटको विशाल बजारमा रहेको कामधेनु गौशालालाई आर्थिक सहयोग गरिएको हो । मदन बाबा भक्ति केन्द्रमा आवद्ध रहेका भक्तजनहरुले गौशालालाई आर्थिक सहयोग गरेका हुन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका– ७ फत्तेपुरस्थित खल्लाझगडियामा निर्माण गरिएको आकस्मिक तटबन्ध र नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ ।
निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेको बसपार्क प्रयोगमा नआएपछि राजविराज नगरक्षेत्रमा सवारी पार्किङ गर्दा उक्त क्षेत्रमा दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन् ।