आगामी पाँच वर्षका लागि प्रतिस्पर्धी मूल्यमा अमेरिकाबाट वार्षिक सात लाख टन उच्च गुणस्तरको गहुँ आयात गर्न बङ्गलादेश र अमेरिकाबिच सम्झौता भएको छ ।
संयुक्त राज्य अमेरिकाले एक महिनाअघि इरानी आणविक केन्द्रहरूमा आक्रमण गरेपछि पहिलो पटक शुक्रबार इस्तानबुलमा युरोपेली शक्तिहरूसँग नयाँ वार्ता हुने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भगवती चौधरीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कदा जनमानसमा प्रश्न उठ्ने बताउनुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु सङ्कट सिर्जना गरेको छ ।
जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ मा करिब ४९ करोड बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका अनुसार सङ्घ सरकारको ४५ करोड ५५ लाख २३ हजार १६९ रुपियाँ र लुम्बिनी प्रदेश सरकारको तिन करोड ४३ लाख २० हजार ९०७ रुपियाँ बजेट फिर्ता भएको छ ।
साङ्घाईमा जन्मिएका अमेरिकी बैँक वेल्स फार्गोका प्रबन्ध निर्देशक चेन्यु माओलाई बहिर्गमनमा प्रतिबन्ध लगाइएको समाचार गत हप्ता सार्वजनिक भएपछि बेइजिङले यसको सोमबार पुष्टि गरेको छ ।
ई–स्पोर्ट्स सङ्घ नेपाल (इशान)ले पब्जी मोबाइल ई–स्पोर्ट्स वल्र्डकप खेल्ने नेपाली टोली होर ई स्पोर्ट्सको सोमबार बिदाइ गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल विविध जातजाति, भाषा, भेषभूषा, परम्परा र संस्कारले भरिएको देश भएकाले यसलाई सांस्कृतिक अध्ययनको अद्वितीय सङ्ग्रहालयको विकास गर्नुपर्ने बताउनुभएको छ ।
कर्णाली ‘काेरिडोर’का नौ वटा पुल निर्माणको काम अझै सुरु भएको छैन । काेरिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि, बाजुरा र हुम्ला खण्डमा पर्ने नौ वटा पक्की पुल अझै बन्न सकेका छैनन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध सङ्गीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताउनुभएको छ ।
विवाह गर्न नमानेको झोकमा एक युवाले प्रेमिकाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले विवाह गर्न नमानेको रिसको झोकमा रामेछाप जिल्ला मन्थली नगरपालिका-१३ का ३७ वर्षीया सन्तोष सुनारले प्रेमिकाको हत्या गरेको जनाएको छ ।
नेपालमा चर्चित रक्षक रोहित चन्द जापानी स्टार फुटबलर केइसुके होन्डाको नेतृत्वमा सुरु गरिएको नयाँ पहल एसिया वारियर्स एफसी टोलीमा समावेश हुनुभएको छ ।
चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टर (सिएनएनआइसी)ले सोमबार सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२५ जुनसम्म चीनमा एक अर्ब १२ करोडभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरू थिए ।
नवलपुरमा एक जनाको शव फेला परेको छ ।
जिल्ला अदालत काठमाडौँमा वैतनिक वकिल तथा कानुन सहायता तथा परामर्श केन्द्र स्थापना गरिएको छ । अदालत परिसरमा आज केन्द्रको औपचारिक उद्घाटन गरिएको हो ।