नेपाल–भारत गृह सचिवस्तरीय बैठक भारतको राजधानी नयाँदिल्लीमा मङ्गलबारदेखि सुरु हुँदै छ । बैठकमा सहभागी हुन गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत परराष्ट्र मन्त्रालय; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहसचिवस्तरीय टोली सोमबार नयाँदिल्ली पुगेको छ ।
घुस लिएको रकमसहित डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले आज नियन्त्रणमा लिएको छ ।
पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१-८२ मा निर्यात भएका मुख्य दश वस्तुमा ‘अलैँची’ शीर्ष स्थानमा छ । मेची भन्सार कार्यालयले गत आवमा सात अर्ब ६७ करोड ४० लाख ३७ हजार मूल्य बराबरको ४२ लाख ९४ हजार ५५० किलोग्राम अलैँची निर्यात भएको जनाएको छ ।
विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा महिना दिनसम्म लाग्ने ‘बोलबम’ मेला आजदेखि सुरु भएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा साउन महिनाभर बोलबम मेला लाग्ने गरेको छ ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सिके राउतले देशमा सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको जिकिर गर्नुभएको छ ।
सांसदहरूले मिडिया काउन्सिललाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषिमा आत्मनिर्भर हुनेगरी मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।
संयुक्त राष्ट्रका स्वतन्त्र विशेषज्ञहरूले अफगानिस्तानमा तालिबानको नियन्त्रणमा रहेका एक वृद्ध ब्रिटिश दम्पतीलाई लामो समयदेखि बिना आरोप थुनामा राखिएको भन्दै उनीहरूको स्वास्थ्य संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएका छन् । आवश्यक चिकित्सकीय उपचार नपाएम उहाँहरूको जीवन जोखिममा पर्न सक्ने भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
अफगानिस्तानको अन्तरिम सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयले देशभर पोलियो रोगको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले चारदिने पोलियो खोप अभियान सुरु गरेको घोषणा गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महामन्त्री गगन थापाले पुस्तकालय व्यवस्थापन गरेर अत्यन्तै राम्रो काम गरेको बताउनुभएको छ ।
वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी कक्ष थपिने भएको छ । सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा ७२ शय्याको इमर्जेन्सी सेवा विस्तार गर्ने बताउनुभयो ।
बङ्गलादेशको राजधानी ढाकामा सोमबार एक लडाकु विमान विद्यालय परिसरमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् । यो विगत केही दशक यताकै सबैभन्दा गम्भीर विमान दुर्घटना हो ।
नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नुभएको छ ।
दाङ स्थित घोराहीमा सञ्चालित लुम्बिनी फुटबल एकेडेमीको यू–१६ टोली डाना कप खेल्न डेनमार्क पुगेको छ ।
प्रहरीले विदेश पठाइ दिन्छु भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । गोरखा बारपाक सुलिकोट गापा ४ घर भई हाल काठमाडाैँ १५ बस्ने २९ वर्षीया जुनु राना थापा मगरलाई पक्राउ गरेको छ । उनले स्लोभाकिया पठाइ दिने भन्दै पीडितबाट तीन लाख १० हजार ठगी गरेको जनाएको छ ।