प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४३औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
दाङको बेलुवा, बन्जारी चर्चित नाम हो । जहाँ न प्रहरी छिर्न सक्थ्यो न त नेपाली सेना । प्रहरी, सेना गाउँ‘को वरिपरि पर्नासाथ त्यहाँका थारु किसानहरु उनीहरुलाई झम्टिहाल्थे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ ।
साउनको पहिलो सोमबार तनहुँको देवघाटमा ३५ हजार भक्तजन स्नान तथा पूजाअर्चनाका लागि आएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको साउनको पहिलो सोमबारको तुलनामा बढी रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने गुनासो आएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार कम्प्युटर निर्देशकसहित कर्मचारीलाई सरुवा गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गुल्म हेडक्वाटर कञ्चनजङ्घा ताप्लेजुङमा निर्माण गरिएको विपद् व्यवस्थापन सामग्री भण्डारण केन्द्रको भवन उद्घाटन गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ह्योल्मो भाषा
लम्पी स्किनका कारण रौतहटको चन्द्रपुरमा पाँच वटा दुहुनो गाई मरेपछि रोगविरुद्ध निःशुल्क औषधि वितरण गरिएको छ । लम्पी स्किनको सङ्क्रमण नियन्त्रणका लागि सोमबारदेखि चन्द्रपुर नगरपालिकाले निःशुल्क औषधि वितरण गर्न थालेको हो ।
एक वर्षको अवधिमा मुस्ताङमा डेढ लाखभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । बेनी–जोमसोम–कोरला सडक, पोखरा–जोमसोम हवाई मार्ग तथा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास हुँदै गत आर्थिक बर्ष २०८१/०८२ मा १ लाख ५४ हजार ६ सय १ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना–इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।
गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुईपटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको स्वाद चाख्न पाएका छैनन् ।
नाम्खा गाउँपालिका–६, लिमीको हल्जीगाउँका स्थानीयले गाउँ छाड्न थालेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत बर्सेनि डेङ्गु सङ्क्रमणका कारण पिरोलिँदै आएको छ । गत वर्ष सुर्खेतमा एक हजार ८३३ जना डेङ्गु सङ्क्रमित भएकामध्ये चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
कालीकोट सदरमुकाम मान्म बजारमा पिउने पानीको समस्या जस्ताको तस्तै छ । चुलीहिमालको बृहत् खानेपानी आयोजना सम्पन्न भएको भनिए पनि सदरमुकाम मान्ममा पिउने पानीको समस्या सधैँ उस्तै हुने गरेको छ ।