शैक्षिक परामर्श संस्था स्टूडेन्ट वोल्डले चितवनको भरतपुरबाट आफ्नो सेवा शुरु गरेको छ । भरतपुरमा मङ्गलबार आयोजित एक कार्यक्रममा भरतपुर महानगरपालिका– १० का वडाध्यक्ष परमेश्वर खनालले उद्घाटन गर्नुभएसँगै सो संस्थाले आफ्नो सेवा शुरु गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज पनि लतिलपुर च्यासलस्थित एमाले मुख्यालयमा बस्दै छ । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या हरेक वर्ष बढ्दै गएको देखिएको छ । बढ्दो सहरीकरणसँगै वृद्धि भएका सवारीसाधन, साँघुरो सडक पूर्वाधार, चालकको लापर्बाही, प्रतिकूल मौसमलगायतका कारणले दुर्घटना बढ्दै गएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार दुर्घटनाबाट मृतक र घाइते हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभन्दा सामुदायिक वनक्षेत्र र आसपासका बस्तीमा मानव–वन्यजन्तु द्वन्द्वका घटना बढी भएका छन् । जसले गर्दा मानव–वन्यजन्तु द्वन्द्वबाट मृत्यु हुनेको सङ्ख्या बढी भएको पाइएको छ । गत आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्कमा बर्दिया राष्ट्रिय निकुञ्जमा मानव–वन्यजन्तु द्वन्द्वमा तीन जनाको मृत्यु भएको छ भने सामुदायिक वनक्षेत्रमा छ जनाको मृत्यु भएको छ । यो तथ्याङ्कले पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभन्दा सामुदायिक वनक्षेत्र र आसपासका क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या बढेको देखिएको हो ।
नवलपुरमा सर्पदंशका बिरामीको सङ्ख्या बढिरहेका छन् । शनिबार एकै दिन सर्पले डसेर तीन जना बिरामी परेका छन् । प्रजाति नखुलेको सर्पले घरभित्रै डस्दा विनयीत्रिवेणी गाउँपालिका–२, तल्लो ज्यामिरेका आठ वर्षीय देवीका मगर बिरामी हुनुभएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ पुस्तक दुई लाख १८ हजार प्रति बिक्री भएको छ ।
भारतसँग जोडिएको बाँकेमा सशस्त्र प्रहरीले एक वर्षको अवधीमा भारतबाट भन्सार राजस्व छलेर भित्र्याइएको दस करोड रुपियाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।
नवलपुर सदरमुकाम कावासोतीस्थित लोकाहा ओरालोमा सडक ढलान गरेर हस्तान्तरण गर्ने बेलामा भत्काइएको छ । गुणस्तर मापदण्डविपरीत सडक ढलान गरेको पुष्टि भएपछि हस्तान्तरण गरेर रकम बुफ्ने बेलामा सडक पूर्ण रूपमा भत्काइएको हो ।
अण्डाको मूल्य हालसम्मको उच्च भएको छ । उत्पादन घटेपछि मूल्य बढेको हो । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।
पर्यटन प्रवर्धनमा टेवा पुर्याउन श्रमदान र चन्दा सहयोग सङ्कलन गरी स्थानीयले २७ किलोमिटर पदमार्ग बनाएका छन् ।
दाङको राप्ती गाउँपालिकाले दुध उत्पादक किसानलाई १५ लाख बढी प्रोत्सान अनुदान प्रदान गरेको छ । गाईभैँसी पालनमा किसानलाई आकर्षण गर्ने उद्देश्य अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा एक सय २९ जना किसानलाई १५ लाख ४७ हजार रुपियाँ अनुदान उपलब्ध गराएको हो ।
जनताको घरदैलोसम्म विकासको जिम्मेवारी बोकेका कैलालीको स्थानीय तह विकास अर्थात् पुँजीगत बजेट खर्च गर्नमा पछाडि देखिएका छन् । चालु बजेट खर्च प्रगति राम्रो गरेका स्थानीय तहले पुँजीगत बजेट भने चालुको तुलनामा कम खर्च गरेका हुन् ।
छिल्लो १२ घण्टाको अवधिमा मनाङमा ४७ मिलिमिटर वर्षा मापन गरिएको मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षौंदेखि उपेक्षित धनुषाको ढल्केबर र सिन्धुलीको चन्दनपुर जोड्ने ११ किलोमिटर सडक स्तरोन्नति हुने भएपछि यस क्षेत्रमा उत्साह छाएको छ । मधेश प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि दुई
“सरकारले हलियामुक्त घोषणा गरेको १६ वर्ष बित्यो, तर हामी अझै पनि साहूका घरमा मजदुरी गरिरहेका छौँ,” थलारा गाउँपालिका–८ का ४० वर्षीय मोहन नेपालीले गुनासो गर्नुभयो ।