पूर्वी चीनको सान्डोङ प्रान्तमा मङ्गलबार आएको बाढीमा दुई जनाको मृत्यु भएको र १० जना बेपत्ता भएको सरकारी मिडियाले जनाएको छ । राज्य प्रसारणकर्ता सिसिटिभीका अनुसार प्रान्तीय राजधानी जिनानका केही भागमा मध्यरातदेखि बिहान ५ बजेको बीचमा ३६४ मिलिमिटर (१४ इन्च) सम्म वर्षा भएको थियो ।
रौतहटको गरुडा नगरपालिकाको झाझ पुल नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरी एउटा कार नियन्त्रणमा लिएको छ ।
कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ ।
बङ्गलादेशमा सोमबार सम्पन्न यु–२० महिला साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली मङ्गलबार स्वदेश फर्किएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बीपी कोइरालाको आदर्शलाई आत्मसात गरेर प्रदेश सरकारले सुशासन, सामाजिक न्याय र नागरिक केन्द्रित सेवा प्रवाह गरिरहेको बताउनु भएको छ ।
कास्की प्रहरीले आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताउनुभएको छ ।
बसको ठक्करबाट ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ बेँसीसहरको मुख्यबजार र आसपासको क्षेत्र ।
गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।
लामो समयदेखि वर्षा नहुँदा सप्तरीमा धान रोपाइँ प्रभावित भएको छ । साउन महिनाको पहिलो साता बित्न लाग्दा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादन घट्ने जोखिम पनि बढाएको हो ।
बङ्गलादेशको एक स्कुलमा प्रशिक्षण लडाकू जेट दुर्घटना हुँदा २५ बालबालिका र अन्य दुई जनासहित २७ जनाको मृत्यु भएपछि मङ्गलबार परिवारहरू र शिक्षकहरू भेला भएका छन् ।
उत्तर कोरियाले आफ्नो नौसेनाका लागि थप पाँच हजार टन विध्वंसक निर्माण गर्ने प्रतिज्ञा गरेको राज्य मिडियाले मङ्गलबार जानकारी दिएको छ । आणविक हतियारसम्पन्न यस देशले यस वर्ष दुईवटा यस्तै पोत सञ्चालनमा ल्याएको छ ।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा रौतहटमा वृक्षरोपणसहित विचार गोष्ठी कार्यक्रम गरिएको छ ।