• ७ साउन २०८२, बुधबार

‘बीपीको आदर्शलाई आत्मसात् गरेर सरकारले सेवा दिइरहेको छ’

blog

मुख्यमन्त्री कमलबहादुर शाह । तस्बिर : मुख्यन्त्रीको निजी सचिवालय

अविनाश चौधरी

धनगढी, साउन ६ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बीपी कोइरालाको आदर्शलाई आत्मसात् गरेर प्रदेश सरकारले सुशासन, सामाजिक न्याय र नागरिक केन्द्रित सेवा प्रवाह गरिरहेको बताउनुभएको छ । 

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सन्देश दिदैं उहाँले यस्तो बताउनुभएको हो । मुख्यमन्त्रीले बीपीको मार्गदर्शनलाई आत्मसात गर्दै प्रदेशको समृद्धि, शान्ति र समानताको यात्रालाई अगाडि बढाउने अठोट व्यक्त गर्नुभएको छ । 

बीपीको विचार र दर्शन आज पनि नेपालको लाकतान्त्रिक यात्राको मेरुदण्ड जस्तै बनिरहेको मुख्यमन्त्री शाहको भनाइ छ । उहाँले बीपीले व्यक्तिको स्वतन्त्रता, प्रेस स्वतन्त्रता, बहुलवाद र न्यायपूर्ण समाज निर्माणको पक्षमा आफ्नो जीवन समर्पित गरेको चर्चा गर्नुभयो । 

बीपीको सपना साकार पार्न सबै तह र वर्ग एकताबद्ध हुन आवश्यक रहेको शाहले बताउनुभएको छ ।