अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा र सिरियामा भइरहेको इजरायली हवाई आक्रमण नियन्त्रण गरी स्थितिमा सुधार ल्याउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बोलाउनुभएको ह्वाइट हाउसलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।
पुस यता दुई हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट दुई हजार २१३ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटवर्क सुचारु गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।
ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले प्रहरीलाई उद्धार सामग्री प्रदान गरेको छ। समितिले बाढी, पहिरो, आगलागीजस्ता विपतका घटनामा प्रयोग गरिने उद्धार सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उपलब्ध गराएको हो।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित कोवाङ–खन्ती–सौरु–सिर्कुङ जोड्ने कालीगण्ड नदीमाथि निर्माणाधीन ‘सस्पेन्सन’ झोलुङ्गे पुलबाट कालीगण्डकी नदीमा खसेर घाइते भएका छन् । घाइते युवालाई उद्धार गरी हेलिकप्टरबाट थप उपचारका लागि मणिपाल अस्पताल पोखरा पठाइएको छ ।
नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबिच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ।
पूर्वी पहाडी जिल्लामा केही दिनको अविरल वर्षाले त्रास बढेको छ भने सप्तकोशी नदीमा बगाएर ल्याएको काठ दाउरा सङकलन गर्ने कोशी किनारक्षेत्रका केही सर्वसाधारणलाई भने कोशीमा आएको बाढी अवसर बनेको छ ।
एन्फा मैदान सातदोवाटोमा मङ्गलबार भएको खेलमा एपिएफले जावलाखेललाई ५–० गोलले हरायो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम बढेको छ । आज नेप्से परिसूचक ८० दशमलव ९७ अङ्कले बढेर दुई हजार ९७३ दशमलव ७० बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ७९ प्रतिशतको वृद्धि हो ।
गायक शंकर श्रेष्ठ र गायिका ममता गुरुङको स्वर रहेको सर्यो सर्यो बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
गाजाको नागरिक सुरक्षा एजेन्सीले मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा १५ जनाको मृत्यु भएको र सेनाले मध्य सहर देइर अल-बलाहमा स्थलगत कारबाही विस्तार गरेको बताएको छ ।
कास्कीमा डेंगुका बिरामीको संख्या बढ्न थालेपछि सतर्कता अपनाउन थालिएको छ। अबदेखि ‘खोज र नष्ट’ अभियानअन्तर्गत सातामा एकपल्ट सरकारी कार्यालय सरसफाइको अभियानै थालिने भएको छ।
जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका २०० जति ठाउँ बाढी र पहिरोको जोखिममा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ ।
गुगल र ओपनएआईले बनाएको जेनेरेटिभ एआई मोडेलहरूले पहिलो पटक स्वर्ण-स्तरको स्कोर हासिल गरे पनि मानवले तिनीहरूलाई शीर्ष अन्तर्राष्ट्रिय गणित प्रतियोगितामा हराएका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि सप्तरीको विभिन्न पालिकामा ट्याङ्कर तथा दमकलमार्फत् खानेपानी वितरण सुरु गरिएको छ।