कञ्चनपुरस्थित मोटरघाट सडक छेउमा मृत फेला पर्नुभएका रामरेशर रानाको हत्या गरिएको खुलेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ ।
मोरङको केराबारी गाउँपालिका–८ आमजुँगीस्थित महादेव क्रसर उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।
सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस (मविव) राजविराजको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् ।
बाँकेमा गत आर्थिक वर्ष २०८१/८२ मा बढी विकास बजेट भएका केही सरकारी कार्यालयले करिब शत प्रतिशत खर्च गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले मङ्गलबार शिष्टाचार भेट गरेको छ ।
धनकुटामा गत आर्थिक वर्ष २०८१/०८२ मा विपदजन्य घटनाबाट करिब एक करोड १२ लाख २७ हजार पाँच सय रुपियाँ बराबरको जनधनको क्षति भएको पाइएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे साताव्यापी भ्रमणका लागि आज छिमेकी मुलुक चीन प्रस्थान गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको राजनीति बिपी कोइरालाले अपनाएको राष्ट्रिय नीतिको जगमा उभिएको बताउनुभएको छ ।
पाँचखाल नगरपालिकाले कर नतिर्ने इँटा उद्योगलाई बन्द गर्न थालेको छ । समयमै कर नबुझाएका पाँच उद्योगलाई कार्यपालिकाको बैठकको निर्णयानुसार बन्द गर्न लागिएको नगरले जनाएको छ ।
कर्णाली करिडोरको हुम्ला खण्डमा एक वर्षमा दस वटा कल्भर्टको निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएका छन् । बहुवर्षीय योजना भित्र पर्ने भए पनि आर्थिक वर्ष ०८१/०८२ मा यि कल्भर्टको निर्माण कार्य सम्पन्न भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले गत आर्थिक वर्ष २०८१/८२मा ३० लाख १८ हजार पाँच सय रुपियाँभन्दा बढी राजस्व उठाएको छ ।
कृषिप्रति यहाँका युवाको मोह बढ्दै गएको छ । वैदेशिक रोजगारबाट फर्केर यहाँका युवाहरू व्यावसायिक कृषिमा जुट्न थालेका छन् । भोजपुर नगरपालिका–५ बोखिमका कुमार विष्ट विदेश छाडेर कृषि व्यवसायमा लाग्नुभएको छ ।
करदाता सेवा कार्यालय गौरले आर्थिक वर्ष २०८१/०८२ मा ४८ करोड १० लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयलाइ ५४ करोड लक्ष्य दिइएको करदाता सेवा लार्यालय गौरका कर अधिकृत रेशम तामाङ्गले जानकारी दिनुभयो ।
तालवाराही मन्दिर कास्की जिल्लाको पोखरास्थित प्रसिद्ध मन्दिर हो । फेवातालको बिचमा रहेको यो मन्दिरमा हमेशा दर्शकको भीडभाड रहन्छ । हिन्दु धर्माबलम्बीको मन्दिर भएता पनि सबै धर्मका व्यक्तिहरु यहाँ प्रवेश पाउँदछन् ।