चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा निर्माण गरिएको सडक एक हप्ता नबित्दै कालोपत्रे उप्किन थालेको छ । पुनर्वास नगरपालिका–९, बिचफाँटामा निर्माण गरिएको सडकको ठाउँ ठाउँमा कालोपत्रे उप्किन थालेको हो ।
मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न विभिन्न चार मन्त्रीबीच छलफल भएको छ ।
भूकम्पपछि तत्काल राहत, उद्धार तथा अस्थायी आवासको काम गर्न आएकामध्ये २५ वटा सङ्घ संस्था बाहिरिएका छन् । पुनर्निर्माणको काम गर्न भन्दै भित्रिएका ती सङ्घ संस्था सरकारले पुनर्निर्माणको कार्यविधि समयमै निर्माण नगर्दा फर्किएका हुन् ।
सवारीसधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन् ।
म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हँुदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिका–६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ ।
छिमेकी मुगु र हुम्ला जिल्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएका छन् । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मुगु र हुम्ला सडक सञ्जालसँग जोडिएका हुन् ।
सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
लागुऔषध कारोबारमा संलग्न रहेको आरापमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले राजविराज नगरपालिका–७ घर भएका ५३ वर्षीय नारायणबहादुर कार्कीलाई पक्राउ गरेको हो ।
बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो ।
यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो ।
भरतपुर महानगरलाई सुन्दर सहर बनाउन सुरु गरिएको एकीकृत सहरी पूर्वाधार विकासनिर्माण कार्य सकिएको छ । सघन सहरी तथा भवन निर्माण कार्यालयमार्फत तीन वटा क्षेत्रमा विभाजन गरी
डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का कृषकले व्यावसायिक रूपमा अनारखेती गरेर वार्षिक रु ५० लाख कमाउने लक्ष्य राखेका छन् । अजयमेरु-२ स्थित बडीमा बाँझो रहँदै आएको सात सय रोपनी जमिन अहिले अनारका बोटले भरिएको छ ।
चाँगुनारायण नगरपालिका-७ वागेश्वरीस्थित बागेहिटी देवी मन्दिर परिसरमा रहेको त्रिलोकेश्वर महादेव मन्दिरबाट पशुपतिनाथ मन्दिरसम्म सुरु भएको कलश यात्रा सोमबार साँझ सम्पन्न भएको छ ।
सुनसरीका विभिन्न शिवालयमा साउनको पहिलो सोमबारदेखि बोलबम सुरु भएको छ । प्रत्येक वर्ष साउनदेखि भदौसम्मको सोमबार विभिन्न पवित्र नदीका जल बोकेर बोलबम जप्दै विभिन्न शिवालयमा पुगेर चढाउने गरिन्छ ।