साउन महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू र कठरिया थारू समुदायमा ‘सावनको डोला’ (सावनियाँ डोला) को रौनक सुरु भएको छ ।
कवि उमेश अकिञ्चनको नयाँ कवितासङ्ग्रह ‘सायद किनाराहरू’ लोकार्पण गरिएको छ । रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षिजित, विमला तुम्खेवा, अभिनेता जीवन लुइँटेल र समीक्षक राजकुमार बानियाँले कवितासङ्ग्रह संयुक्त रूपमा विमोचन गर्नुभयो ।
माथिल्लो काबेली जलविद्युत् आयोजनाको सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएको छ । ताप्लेजुङको सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकामा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाको इन्टेकदेखि अडिटसम्मको एक हजार सात सय ७२ मिटर लामो सुरुङमार्ग मङ्गलबार ‘ब्रेक थ्रु’ भएको हो ।
नेपाली लोकवाद्य र परम्परागत नृत्यशैलीको संरक्षण र प्रवर्धनको उद्देश्यसहित दुईदिने ‘दोस्रो राष्ट्रिय लोकनृत्य (धिमेविशेष) कार्यशाला २०८२’ राजधानीमा सम्पन्न भएको छ । डिस्कभर नेपाल डान्स थियटरद्वारा आयोजित कार्यशालामा काठमाडौँ, ललितपुर, मध्यपुर ठिमी र भक्तपुरका धिमेवाद्य गुरुहरूले धिमेबाजाको बोल, वाद्यशैली, नृत्य र परम्पराबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सल्यानमा सुन्तलाका बिरुवाको माग बढेको छ । बागचौर नगरपालिका–८ र ९, कोटमौलाका नर्सरी व्यवसायीले माग अनुसार बिरुवा पु¥याउन सकेका छैनन् ।
उत्तरी हुम्लाका उच्च पाटनमा स्थानीयले पशुपालन र होटेल व्यवसाय सँगसँगै गर्दै आएका छन् । पर्यटकीय सिजन सुरु भएकाले लाप्चाबाट मानसरोवर कैलाशको दूरदर्शन गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने भएका कारण खर्कालुले पशुपालनका साथै होटेल व्यवसाय गरेका हुन् ।
पश्चिम सेती कोरिडोरमा जलविद्युत् आयोजना विकास र ४०० केभी प्रसारण लाइन निर्माणका लागि सोमबार पाँच विभिन्न संस्थाबिच समझदारी भएको छ ।
रसुवामा आएको बाढीको क्षतिबाट विभिन्न बिमा कम्पनीमा २९ करोड रुपियाँनजिक बिमा दाबी परेको छ । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी २८ करोड ९२ लाख ६० हजार रुपियाँ बराबर रहेको छ । गत असार २३ गते रसुवामा अविरल वर्षा तथा बाढीपहिरोले ठुलो क्षति पु¥याएको थियो । बाढीले घर, गाडी, पसललगायत अन्य धेरै भौतिक संरचनामा क्षति पुगेको थियो । नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न नौ निर्जीवन बिमा कम्पनीमा उक्त रकम बराबरको कुल ६३ वटा दाबी परेको हो ।
नेपालले चीनसँग सीमापार प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ । रसुवागढी केरुङ सीमापार प्रसारण लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धमा सोमबार दुई देशका अधिकारी सहमत भएका हुन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा चार अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपियाँ बराबरको नेपाली चिया निर्यात भएको छ । झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०८०/८१ मा भन्दा गत आव २०८१/८२ मा ३२.२ प्रतिशत बढी नेपाली चिया निर्यात भएको छ ।
काठमाडौँ, साउन ६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानका आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि पूर्वानुमान रहेको छ ।त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । रासस
बागलुङमा हरेक वर्ष वर्षातको समयमा बाढी पहिरोले धनजनको क्षति हुने गरेको छ । यस वर्ष पनि वर्षात सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समितिले जोखिम क्षेत्रको पहिचान गरी नागरिकलाई सचेत गराउँदै आएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ७८ पैसा र बिक्रीदर १३८ रुपियाँ ३८ पैसा निर्धारण गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) लाई दिएको स्वायत्तता र विकेन्द्रीकरण अन्तर्गत दिएको आर्थिक अधिकार यथावत् रहने भएको छ ।
‘विद्यार्थीलाई सशक्तीकरण गर्दै, संस्कृतिलाई जोड्दै’ नाराका साथ अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी विश्वका अन्य विद्यार्थीको शैक्षिक आवश्यकता पूरा गर्न अग्रसर भएका छन् ।