गोलबजार नगरपालिका–१२ स्थित बेतौना पालटोलका बासिन्दा पछिल्लो १० वर्षदेखि विकासको बाटो कुर्दै बसेका छन् । दुईपटक स्थानीय निर्वाचन सम्पन्न भइसकेको भए पनि यहाँका बासिन्दाले अझै विकासको स्वाद चाख्न पाएका छैनन् ।
नाम्खा गाउँपालिका–६, लिमीको हल्जीगाउँका स्थानीयले गाउँ छाड्न थालेका छन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेत बर्सेनि डेङ्गु सङ्क्रमणका कारण पिरोलिँदै आएको छ । गत वर्ष सुर्खेतमा एक हजार ८३३ जना डेङ्गु सङ्क्रमित भएकामध्ये चार जनाको मृत्यु भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले असार महिनाका लागि ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
कालीकोट सदरमुकाम मान्म बजारमा पिउने पानीको समस्या जस्ताको तस्तै छ । चुलीहिमालको बृहत् खानेपानी आयोजना सम्पन्न भएको भनिए पनि सदरमुकाम मान्ममा पिउने पानीको समस्या सधैँ उस्तै हुने गरेको छ ।
तराई मधेशको जीवनरेखा चुरे क्षेत्र हो । यो प्राकृतिक सौन्दर्यको प्रतीक पनि हो । यसले तराई र पहाडबिच प्राकृतिक सम्पदाको संरक्षण गर्छ । यो क्षेत्र जैविक विविधता, वन्यजन्तु, वनस्पति र माटोको संरक्षणका लागि महìवपूर्ण मानिन्छ । नदीनालाको उद्गमस्थल पनि हो । य
आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारले वित्त नीति र नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याइसकेका छन् । वित्त र मौद्रिक नीति दुवै महत्वपूर्ण समष्टिगत आर्थिक नीति हुन् । मौद्रिक नीति भनेको केन्द्रीय बैङ्कले देशको समष्टिगत आर्थिक स्थायित्व कायम राख्न अपनाउने नीति हो ।
विसं २०१६ साल नेपालमा उच्च शिक्षाको सुनौलो वर्ष थियो ।
नेपाली राजनीतिलाई आधुनिक मूल्यमान्यताको अग्रगामी मूलबाटोमा हिँडाउने, दिशानिर्देश गर्ने र सर्वाधिक प्रभावित तुल्याउने नेपाली राजनीतिक इतिहासका दुई प्रखर व्यक्तित्व हुन् पुष्पलाल र बिपी कोइराला । यो कुरा सत्य हो कि उहाँहरूको जीवन दर्शन एउटै थिएन ।
बिपी कोइराला प्रजातान्त्रिक समाजवादका चिन्तक हुनुहुन्थ्यो । सुरुमा उहाँ माक्र्सवादबाट प्रभावित र कम्युनिस्ट विचारधाराको नजिक हुनुहुन्थ्यो । यसबारे बिपीले भन्नुहुन्थ्यो, “कम्युनिस्ट आन्दोलनमा मलाई आकर्षित गर्ने व्यक्ति ट्रटस्की हुनुहुन्थ्यो । उहाँ अध्ययनशील बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो । प्रतिभाको दृष्टिले उहाँ लेलिनबाट माथि हुनुहुन्थ्यो । सोभियत सङ्घमा सन् १९२९ को सत्ता लडाइँबाट स्टालिन उच्च तहमा पुगेपछि त्यहाँका हत्या घटनाका समाचार सुन्दा मलाई ठुलो चोट पुग्यो ।
रौतहटको चन्द्रपुर नगरपालिका–१ पौराइ मन्दिर परिसरमा नव निर्मित ४५ फिट अग्लो महादेवको मूर्ति अनावरण गरिएको छ ।
संसारको इतिहासलाई हेर्ने हो भने एक जना महान् व्यक्ति र उसको विचार, दर्शन र साहसले समाज, राष्ट्र र मानव सभ्यता बदलेको प्रमाणित छ । कुनै सत्ता र सरकारले बदलेको इतिहास छैन, बरु उनीहरूले परिवर्तनको ब्याज खाएर बसेको र प्राप्त उपलब्धिलाई झन् ध्वस्त पारेको इतिहास छ ।
भारतका उपराष्ट्रपति जगदीप धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिने र चिकित्सकको सल्लाहअनुसार आफ्नो पदबाट राजीनामा दिने निर्णय गर्नुभएको छ ।
संयुक्त अधिराज्य (बेलायत) मा बसोबास गर्दै आउनुभएका विनोद बरालद्वारा लिखित ‘मःमःका पाइलाहरू’ विमोचन गरिएको छ ।
सङ्घीय बजेटमार्फत जिल्लाका सरकारी कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा दुई अर्ब पाँच करोड ९५ लाख विकासे बजेटमा एक अर्ब ६९ करोड ३९ लाख मात्रै खर्चेका छन् ।