कास्की प्रहरीले आफ्नै नवजात शिशुको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र रु २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताउनुभएको छ ।
बसको ठक्करबाट ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ ।
अन्नपूर्ण पदमार्गको प्रवेशद्वार रहेको लमजुङ बेँसीसहरको मुख्यबजार र आसपासको क्षेत्र ।
गल्याङ नगरपालिका–७ स्थित धार्मिक एवम् पर्यटकीयस्थल केदारनाथसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।
लामो समयदेखि वर्षा नहुँदा सप्तरीमा धान रोपाइँ प्रभावित भएको छ । साउन महिनाको पहिलो साता बित्न लाग्दा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित हुनुका साथै उत्पादन घट्ने जोखिम पनि बढाएको हो ।
बङ्गलादेशको एक स्कुलमा प्रशिक्षण लडाकू जेट दुर्घटना हुँदा २५ बालबालिका र अन्य दुई जनासहित २७ जनाको मृत्यु भएपछि मङ्गलबार परिवारहरू र शिक्षकहरू भेला भएका छन् ।
उत्तर कोरियाले आफ्नो नौसेनाका लागि थप पाँच हजार टन विध्वंसक निर्माण गर्ने प्रतिज्ञा गरेको राज्य मिडियाले मङ्गलबार जानकारी दिएको छ । आणविक हतियारसम्पन्न यस देशले यस वर्ष दुईवटा यस्तै पोत सञ्चालनमा ल्याएको छ ।
नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४३ औँ स्मृति दिवसको अवसरमा रौतहटमा वृक्षरोपणसहित विचार गोष्ठी कार्यक्रम गरिएको छ ।
दक्षिणपन्थी राजनीतिज्ञहरूले अन्यत्र ‘अभिजात वर्ग’, ‘विश्वव्यापीकरण’ र आप्रवासनको विरुद्धमा व्यापक रूपमा विरोध गर्दै गर्दा जापानमा लोकप्रियतावादी आदर्शहरूले गति लिइरहेको छ ।
श्रीलङ्काका प्रहरी प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिएको छ । देशको संसद्का सभामुखले मङ्गलबार महाभियोग सुनुवाइमा आपराधिक नेटवर्कको नेतृत्व गरेकोमा दोषी पाइएपछि प्रहरी प्रमुखलाई बर्खास्त गर्ने तयारी गरिएको घोषणा गर्नुभयो ।
नेपाली राजनीतिमा बिपी कोइराला र नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाका नामबाट सुपरिचित बिपी कोइराला नेपाली समाजमा जनप्रिय जननेताको रुपमा परिचित हुनुहुन्छ ।
जिल्ला अस्पतालमा जन्मिएका शिशुको काठमाडौँमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । शल्यक्रियामार्फत जन्माइएका शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ पठाइएको थियो ।
दर्जनौँ जलविद्युत आयोजना निर्माण भएको लमजुङमा अब सौर्य ऊर्जा पनि उत्पादन गरिने भएको छ । बेसीसहर–११ चिती बरबोटमा एक दशमलव ६ मेगावाटको सौर्य ऊर्जा उत्पादन गरिने भएको हो ।