• ६ साउन २०८२, मङ्गलबार

बसको ठक्करबाट वृद्धाको मृत्यु

blog

भादगाउँ (भक्तपुर), साउन ६ गते । बसको ठक्करबाट ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । बनेपाबाट काठमाडौं जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नं.को बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानले बताउनुभयो । ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाउँपालिका–२, छाप घर भई काठमाडाैं नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस