सूचनाको हक कार्यान्वयन १. सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि शासकीय पारदर्शिता आवश्यक छ तर पर्याप्त छैन भन्ने भनाइलाई स्पष्ट पार्दै नेपालमा सूचनाको हकको कार्यान्वयन गर्न सार्वजनिक निकायले निर्वाह गर्नुपर्ने मूलभूत कानुनी दायित्व उल्लेख गर्नुहोस् ।
औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपियाँ कार्यान्वयनमा आएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिबाट सिफारिस भएको उक्त पारिश्रमिक नेपाल राजपत्रमा सोमबार प्रकाशित भएसँगै साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो ।
गुल्मीमा ‘एक घर एक आरो फिल्टर’ अभियान सुरु भएको छ । इस्मा गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले इस्मा गाउँपालिका–५ इस्मा रजस्थलका खिमबहादुर बस्नेतलाई फिल्टर प्रदान गरेर इस्माली समाज युएईको यो अभियानको शुभारम्भ गर्नुभएको हो ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र स्याङ्जाले एक लिटर दुधमा पाँच रुपियाँ अनुदान दिएको छ । यहाँको भिरकोट दुग्ध उत्पादक सहकारीलाई एक लाख ३० हजार १३० लिटरको छ लाख ६० हजार ६५० रुपियाँ र आँधीखोला कृषि उद्यम सहकारी संस्थालाई ६९ हजार ७२० लिटर दुधको तीन लाख ४८ हजार छ सय रुपियाँ गरी नौ लाख ९९ हजार २५० रुपियाँ अनुदान
दुई वर्षअघि महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ फेरि फैलिँदै छ । तथापि गुल्मीमा भने अहिलेसम्म ‘लम्पी स्किन’ का घटना देखिएको छैन ।
एसियाली विकास बैङ्क (एडिबी) ले नेपालका लागि नेपाल साझेदारी नयाँ रणनीति सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई औद्योगिकीकरणमा लैजाने गरी देशभित्रै उत्पादन बढाउनेतर्फ केन्द्रित हुन आग्रह गर्नुभएको छ । नेपाल उद्योग परिसङ्घको नवनिर्वाचित
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ९० पैसा र बिक्रीदर १३८ रुपियाँ ५० पैसा निर्धारण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर, च्यासलस्थित मुख्यालयमा जारी रहेको नवौँ बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ । बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको सङ्गठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले बोल्नेक्रम सकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
दाङ तुलसीपुर उपमहानगरपालिका ११ सुकौेरास्थित दाङ ऐतिहासिक र सांस्कृतिक धरोहर दंगीशरण दरबार क्षेत्रको संरक्षण, विकासका लागि चार करोड रुपियाँको बजेट विनियोजन गरिएको छ।
हल्दिबारी गाउँपालिका–४ को एक घरमा आज आगलागी नियन्त्रण गर्ने क्रममा चार जना घाइते भएका छन् ।
यहाँको धनगढीमाई नगरपालिका–३ बनौलीमा ‘बजरङ्गबली कन्स्ट्रक्सन’द्वारा सञ्चालित सडक निर्माणमा प्रयोग हुने कच्चा पदार्थ तातो मिश्रण तयार गर्ने ‘असफाल्ट प्लान्ट’बाट उत्सर्जित प्रदूषणले बस्तीका स्थानीय बासिन्दाको दैनिक जीवन र स्वास्थ्यमा गम्भीर असर पारेको स्थानीयले आरोप लाएका छन् । विगत तीन वर्षदेखि सञ्चालनमा रहेको यस प्लान्टबाट निस्किने धूलो, धुवाँ, कडा गन्ध र आवाजले बस्तीमा दैनिक जीवन कष्टकर बनाएको स्थानीयको गुनासो बढेर गएको छ ।
गृहमन्त्री रमेश लेखकले सरकार विपद् प्रतिकार्य, खोज, उद्धार र राहतलगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताउनुभएको छ ।