गोरखाका प्रशान्त सिलवाल १० दिनपछि मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–८ जौबारीका सिलवाल घरबाट हराएको १० दिनपछि मङ्गलबार बेलुका मृत अवस्थामा फेला पर्नुभएको हो ।
जुम्लाका छ वटा स्थानीय तहले करार कर्मचारीलाई हाजिर नगराउने भएका छन् । ती तहले सूचना जारी गरी साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नगर्ने भनेका छन् । यी सूचनाले ठुलो सङ्ख्यामा करारका कर्मचारी प्रभावित भएका हुन् ।
युगपुरुष विश्वमै बिरलै जन्मन्छन् । समाजलाई दूरगामी दिशानिर्देश गर्ने प्रेरणापुञ्ज भन्न सकिने त्यस्ता युगपुरुषकै कारण समाज परिवर्तनका अनेक ढोका खुल्दै जान्छन् । नेपालको राजनीतिको यो सात/आठ दशकमा अनेक परिवर्तन भए । ती सबै क्रान्तिको जग भने सा
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्कामा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
आज साउन ७, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव एवं लोकतान्त्रिक आन्दोलनका धरोहर पुष्पलालको ४७ औँ स्मृति दिवस । यो दिन उहाँप्रति श्रद्धासुमन अर्पण गर्ने, उहाँका योगदानको स्मरण गर्ने र उहाँले स्थापना गर्नुभएको राजनीतिक ‘लिगेसी’ लाई अगाडि बढाउने दिन हो ।
ताप्लेजुङबाट गएको आर्थिक वर्षमा झण्डै चौध करोड रुपियाँ राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा सङ्घ तथा प्रदेश सरकार मातहतका निकाय अर्थात कार्यालयमार्फत उक्त राजस्व रकम सङ्कलन भएको हो ।
राज्यलाई जहिले पनि इमानदार र व्यावसायिक मानिसको आवश्यक हुन्छ । राज्यका जिम्मेवारीमा सबैको हक लागे पनि सबैभन्दा बढी हकदार व्यावसायिक सदाचारिता भएका व्यक्ति नै हुन् । अधिकारको प्रयोग तिनै व्यक्तिले गर्नु पर्छ जो अधिकारलाई आदर गर्न सक्छन् ।
दाङमा सिँचाइ पुगेका अधिकांश स्थानमा रोपाइँ सकिएको छ । देउखुरी क्षेत्रको अधिकांश र अन्य ठाउँको समेत गरी जिल्लाभरमा ८० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा कवि तथा लेखक भुवन ढुङ्गानाद्वारा लिखित ‘बीपी आत्मवृत्तान्तका कथा/अकथा’ पुस्तक मङ्गलबार एक कार्यक्रमबिच विमोचन गरिएको छ ।
नियात्राकार राजेन्द्रमान डङ्गोलको ‘कैलाश कोरा’ पुस्तक पब्लिकेसन नेपालयले बजारमा ल्याएको छ ।
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा घण्टी गेट निर्माण गरिएको छ । मन्दिरमा भक्तजनहरूले चढाई पुराना भएका घण्टीलाई व्यवस्थापन गर्न घण्टी गेट निर्माण गरिएको हो ।
कवि प्रकाश सापकोटाको कविताकृति ‘सन्नाटाका सुस्केरा’ लोकार्पित भएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा मङ्गलबार काठमाडौँमा आयोजित एक समारोहबिच वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकालीलगायतले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभयो ।
नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन् । मदन पुरस्कार गुठीले मङ्गलबार विज्ञप्ति जारी गर्दै पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट उत्कृष्ट सातको सङ्क्षिप्त सूची सार्वजनिक गरेको हो ।
जलवायु परिवर्तनको असर कम गर्न युवालाई बढीभन्दा बढी परिचालन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।
१. नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१ मा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार को हुन् ? सङ्गीतकार शम्भुजित बाँस्कोटा