बर्सात नहुँदा बर्दिया जिल्लामा रहेका पानी पोखरी सुक्दै जान थालेका छन् । यहाँ मात्र २०३ हेक्टर जमिनमा प्राकृतिक पोखरी रहेको छ भने ४३० हेक्टर जमिनमा कृत्रिम पोखरीहरू रहेका छन् । गत जेठ महिनाको सुरुवातमा केही बर्सात भएको भए पनि पछिल्लो समय भने बर्सात हुन सकेको छैन । यसले प्राकृतिक पोखरीहरूमा पानीको अभाव देखिएको छ ।
प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा २०८२ कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि चुनावी सरगर्मी बढ्न थालेको छ । निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेपछि दलहरू उम्मेदवार चयनको गृहकार्यमा जुटेका छन् ।
थारु पत्रकार संघले शहिद गुम्रा थारुको गाउँमै पुगेर उहाँको आफन्तलाई सम्मान गरेको छ । थारु पत्रकार संघका पूर्व केन्द्रीय अध्यक्ष सन्तोष दहित, थारु पत्रकार संघ दाङका सल्लाहकार सविन प्रियासनको नेतृत्वमा शहिद गुम्रा थारुको परिवारलाई उहाँको गाउँ घोराही–३ बेलुवामा पुगेर सम्मान गरिएको हो ।
बाँके, बर्दियालगायत यस क्षेत्रका दुई प्रदेशका बिरामीको उपचार गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोपको चरम अभाव भएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीराजन सुवेदीले बिरामीलाई निःशुल्क रूपमा प्रदान गरिने ‘एन्टी रेबिज भ्याक्सिन’ गत दुई महिनादेखि अस्पतालमा नहुँदा विपन्न तथा आर्थिक रूपमा कमजोर बिरामीलाई ठुलो समस्या परेको बताउनुभयो ।
धेरै वर्षअघिसम्म सप्तरीको रुपनी गाउँपालिकाका किसानहरु खाँडो र दुधैला खोलाको पानीले आफ्नो खेतमा सिँचाइ गर्थे ।
नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४३ औैँ स्मृति दिवस पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री तथा संस्कृति, पर्यटन नागरिक तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली कांग्रेस मुलुकमा स्थायित्व ल्याउन एमालेसँग मिलेर सरकारमा सहभागी भएको बताउनुभएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर कोरिडोर सडक जोड्ने बेलिब्रिज बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । मङ्गलबार राति वर्षासँगै तमोर नदीमा आएको बाढीले मोटर गुड्ने बेलिब्रिज बगाउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ ।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित ठुलीभेरी नदीमा टिपर खसेको छ । मङ्गलबार बेलुका भेरी करिडोरअन्तर्गतको सडकखण्डबाट भेरीनदिमा टिप्पर खस्दा तीन जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।
रङ्गीचङ्गी बुकी फूलले भरिएको मनमोहक ठाउँ, छिनछिनमै लुकामारी गर्ने बादल, त्यसमाथि सिरसिर चल्ने हावा पर्यटकलाई चौकीखर्कसम्म तान्न पर्याप्त छन् । स्थानीयहरु यो ठाउँलाई चुङ्री भन्छन् । यही चुङ्री केही समययता प्रकृतिप्रेमीका लागि गन्तव्य बन्दै गएको छ ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जानुभएको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज रु १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ । तीन वर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । सो ऋणपत्रको नेपाल स्टक एक्सचेञ्जमा दोस्रो बजार कारोबार हुनेछ ।
केही वर्षदेखि काभ्रेपलाञ्चोकका अधिकांश स्थानीय तहमा खानेपानीको मुहान सुक्दै गएको पाइएको छ । यहाँका १३ स्थानीय तहमध्ये सात स्थानीय तहमा गरिएको सर्वेक्षणमा पानीको मूल र मुहान सुक्दै गएको देखिएको हो ।