मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२, ढाक्मरका किसान मिङ्मार गुरुङको एउटै खोरका ८० बढी च्याङ्ग्रा हिउँ चितुवाले आक्रमण गरेर मार्याे ।
लुम्बिनी प्रदेश सरकारले थारू समुदायको बाक्लो बसोवास रहेको क्षेत्रमा कला संस्कृति र भाषाको संरक्षणका लागि थारू सांस्कृतिक ग्राम निर्माण सुरु गरेको छ ।
काठमाडौँ बस्ने दीपा पौडेलले यसपाली मनसुन पदयात्राका लागि कास्कीको कोरी रोज्नुभयो । पेसाले स्टाफ नर्स उहाँ गएको मध्य असारमा साथीसित तीन हजार ८०० मिटर उचाइको कोरी पुग्नुभयो ।
नेपालको प्रसिद्ध धाम रुरु क्षेत्रमा भरतपुर महानगरपालिका र रुरुक्षेत्र गाउँपालिकाको साझेदारीमा आर्कषक फल्चा निर्माण गरिएको छ । रुरुक्षेत्र गाउँपालिका–१ को रिडीमा फल्चा निर्माण गरिएको हो ।
गण्डकी प्रदेश सरकारले म्याग्दीका लागि गएको आर्थिक वर्षमा विनियोजन गरेका ३४ वटा योजना मध्य सडक र पुल तर्फका ३३ वटा योजना सम्पन्न भएका छन् ।
उत्तरी गोरखाको धार्चेमा बेलिबृज निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिका–३, खोर्लाबेँसीको निमरुङ खोलामा बेलिबृज निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
नेपाली कांग्रेस चितवनले ४३ औँ बिपी स्मृति दिवसको सन्दर्भमा आज यहाँ आयोजना गरेको बिपी विचार र पार्टीमा रूपान्तरणको अभियान विषयक विचार गोष्ठीमा उहाँले सो कुरा बताउनुभएको हो ।
लमजुङका २ सय ६० भन्दा बढी स्थान बाढी र पहिरोको जोखिममा रहेको पाइएको छ । पहिरोको जोखिममा सबैभन्दा बढी मानवीय बस्ती र सडक छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको नवौँ बैठकले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सुझावसहित सर्वसम्मतिले पारित गरको छ ।
मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो ।
सघन सहरी तथा भवन निर्माण कार्यालयले देवघाट धाममा निर्माण गरेको विद्युतीय शवदाह सञ्चालनमा ल्याउने तयारी गरिएको छ । शवदाह भवनको निर्माण पुरा भएकोले एक महिना भित्रै सञ्चालनमा ल्याउन लागिएको कार्यालयले जनाएको छ ।
साउन कृष्णपक्ष चतुदर्शीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेषगरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा पनि लिइन्छ ।
म्याग्दीको बेनी नगरपालिकाले गएको आर्थिक वर्ष २०८१/०८२ मा करिब पाँच करोड रुपियाँ आन्तरिक आम्दानी सङ्कलन गरेको छ । गत आवको असार मसान्त सम्म नगरपालिकाले चार करोड ९५ लाख २९ हजार आठसय रुपियाँ आन्तरिक आम्दानी गरेको हो ।
सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालका चिकित्सकमाथि हातपात भएको छ । चिकित्सकमाथि हातपात भएको विषयलाई लिएर मङ्गलबारदेखि नै अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ ।
कञ्चनपुरमा सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा मङ्गलबारदेखि बहुप्रतीक्षित सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भएको हो ।