विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ ।
इजरायली सेनाले गाजा सहरमा एक परिवारको विरुद्धमा गाजापट्टीको अल बुरेज शरणार्थी शिविर र दक्षिणको राफाह सहरमा हवाई आक्रमण गर्दा १९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाइएको छ ।
अफगानिस्तानमा महिनौंदेखि हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पतीको उपचार भइरहेको तालिबान सरकारका उच्च कूटनीतिज्ञले बुधबार बताएका छन् ।
बर्दियाका भूमिहीन सुकुम्वासीहरूले भूमिअधिकारको सुनिश्चिताको माग गरेका छन् ।
युरोपियन युनियनको एक अदालतले बुधबार ब्रसेल्सले क्रेडिट सुइसलाई विदेशी मुद्रा व्यापार कार्टेलमा संलग्न भएको आरोपमा लगाएको ८ करोड ३२ लाख युरो (९ करोड ८० लाख अमेरिकी डलर) जरिवानालाई घटाएर दुई करोड ८० लाख ९० हजार युरो कायम गरिएको छ ।
लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।
इरान, रूस र चीनका कूटनीतिक प्रतिनिधिमण्डलले तेहरानमा आणविक वार्ताको क्रममा इरानमाथि लगाइएको प्रतिबन्ध हटाउने र अन्य सम्बन्धित विषयमा छलफल गर्न त्रिपक्षीय बैठक गरेका छन् ।
नेकपा (एमाले)ले मङ्गलबार मध्यरातसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितलाई न्याय दिनेगरी सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयमा सरकार जिम्मेवार र संवेदनशील रहेको बताउनुभएको छ।
काठमाडौँ, साउन ७ गते। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक पाँच दशमलव १७ अङ्कले बढेर दुई हजार नौ सय ७८ दशमलव ८८ को बिन्दुमा कायम भएको हो।आज तीन सय १९ कम्पनीको चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर एक लाख ७० हजार ३१८ पटक खरिदबिक्री हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ दशमलव ६७ को कारोबार भएको छ।आजको कारोबारमा बैँकिङ शून्य दशमलव २५, विकास बैँक शून्य दशमलव ९२, होटल तथा पर्यटन एक दशमलव १०, जीवन बिमा शून्य दशमलव ५०, लघुवित्त शून्य दशमलव ७२ र निर्जीवन बिमा शून्य दशमलव ६१ प्रतिशतले घटेको छ। अरु सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा बढी वित्त समूह तीन दशमलव २३ प्रतिशतले बढेको छ। जलविद्युत् शून्य दशमलव ८८, लगानी शून्य दशमलव ९०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ४०, म्युचुअल फन्ड शून्य दशमलव १५, व्यापार शून्य दशमलव ३१ र अन्य समूह एक दशमलव ४४ प्रतिशतले बढेका छन्।ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। आज सबैभन्दा बढी भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ३२ प्रतिशतले घटेको छ।कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको ७८ करोड १० लाख २८ हजार ४३३ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैँक लिमिटेडको १९ लाख ५४ हजार १३० कित्ता शेयर खरिदबिक्री भएको छ।
सहरी विकास मन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंहले ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले अतुलनिय महत्त्व रहेको जनकपुरधामको सीता पुष्पवाटिका (मणिमण्डप) लाई हिन्दु धर्मावलम्बीका लागि विवाह स्थलको रुपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
चितवन र लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) का लागि नयाँ लोगो सार्वजनिक गरेको छ ।
बुधबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनुभएको छ। सांसदले गर्नुभएका १० प्रश्नको जवाफ प्रधानमन्त्रीले सदनमा प्रत्यक्ष दिनुभएको हो।
रुकुमपश्चिमको आठबिसकोट नगरपालिका १४ पिपलचौरस्थित भेरी करिडोर अन्तर्गतको सडकखण्डबाट ठूलीभेरी नदिमा खसेको टिप्पर फेला परेको छ ।
नेवार समुदायले परम्परागत रूपमा मनाउँदै आएको ‘घण्टाकर्ण चतुर्दशी’ पर्वको अवसरमा दाङको घोराही उपमहानगरपालिका–१४ स्थित गणेश मन्दिर परिसरमा बुधबार बिहान पूजा गर्दै स्थानीय नेवार समुदाय।