नवलपुरको गैँडाकोट नगरपालिका –३ स्थित कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । हिउँदे खोलामा माथिबाट सुख्खा पहिरो झरेका कारण करिडोर पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
खोटाङलाई तराईसँग जोड्ने छोटो दूरीको खानीडाँडा–रेग्मीटार सडक पूर्णरुपमा बन्द भएको छ । बर्षाले ठाउँ ठाउँमा सडक भत्काएपछि दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक पूर्णरुपमा बन्द भएको हो ।
भक्तपुरको दतात्रय मन्दिर परिसरमा गथेमङ्गल (घण्टाकर्ण) पर्वको अवसरमा बुधबार अपरान्ह नर्कट र परालबाट बनाएको घण्टाकर्णलाई परिक्रमापछि जलाउँदै ।
अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित हुनुभएको छ ।
नेपाली कांग्रेस मधेश प्रदेशका प्रचार विभाग संयोजक नितेश गुप्ताले सत्ता गठबन्धन दलको सहमतिअनुसार मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार चाँडै गठन हुने बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी भएको बताउनुभएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका सन्दर्भमा आएका चुनौती समीक्षा गर्दै राज्य सञ्चालनलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ।
गायक रामचन्द्र काफ्ले र गायिका भावना आचार्यको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। गायिका आचार्य स्वयमको शब्द तथा सङ्गीत सिर्जना रहेको गीतमा हेमन्त शिशिरको एरेन्ज रहेको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार आयोगबिच सहयोग, समन्वय र सहकार्य गर्ने सहमति भएको छ ।
मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका-९, पैयूथन्थापमा ठुलो बाढी आयो । गत असार २४ गते रातिको बाढीका कारण २५० रोपनी खेत, एक दर्जन खानेपानीका मुहान, सिँचाइ कुलो र केही घर गोठमा क्षति पुर्यायो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण विषय स्थगित भएको बताउनुभएको छ। एमालेको नवौं केन्द्रीय कमिटीको पूर्ण बैठकको निर्णयबारे जानकारी दिन बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको छ ।
श्रीलङ्काले सन् २०१५ देखि २०२५ मे महिनासम्मको अवधिमा वैदेशिक रोजगारबाट ६१.१ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको छ । यो जानकारी श्रीलङ्काका विदेश तथा वैदेशिक रोजगारका उपमन्त्री अरुण हेमचन्द्रज्यूले हालै संसदमा दिनुभएको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, रक्ताही कमलास्थित वन क्षेत्रभित्रको जग्गा अनधिकृत रूपमा किनबेच भइरहेको खुलासा भएको छ ।
चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ ।
ताप्लेजुङका राष्ट्रिय तथा सामुदायिक वनबाट करिब साठी हजार किलोग्राम जडीबुटी सङ्कलन गरिएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार गएको आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा विभिन्न जडीबुटी सङ्कलन भएको हो।