कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताल पर्यटकको रोजाइमा पर्न थालेको छ ।
रौतहटमा एक सातामै खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर तीन किसानको मृत्यु भएको छ । बुधबार मात्रै धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।
अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ । पछिल्लो समय व्यावसायिक अकबरे ९डल्ले० खुसार्नीखेती गर्न थालेपछि यो राम्रो आम्दानीको स्रोत बनेको हो ।
चुरे बस्तीमा पक्की सिँचाइ कुलो निर्माण भएपछि स्थानीयका लागि बहुउपयोगी बनेको छ ।
विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लीमेन्ट)को आयातले स्वदेशी उद्योग समस्यामा परेका छन् । विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाई तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाइ स्थापना गर्ने भएको छ ।
चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, पुरातात्विक एवम् धर्मिक दृष्टिकोणले महत्त्वपूर्ण सम्पदाको उत्खनन एवम् संरक्षण गर्ने भएको छ ।
नेपाली भूमि नाम्खा गाउँपालिका–६ को लिमीको मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने पाँच हजार मिटर अग्लो लाप्चा क्षेत्रमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरिएका छ ।
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले ऐतिहासिक तथा धार्मिक दृष्टिले अतुलनीय महŒव बोकेको जनकपुरधामको सीता पुष्पवाटिका (मणिमण्डप) लाई हिन्दु धर्मावलम्बीका लागि पवित्र विवाह स्थलका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
करदाता सेवा कार्यालय गौर, रौतहटका कर अधिकृत रेशम तामाङले चालु आर्थिक वर्ष २०८२/०८३ मा लक्ष्यको शतप्रतिशत राजस्व सङ्कलन गर्ने उद्देश्य कार्यालयको रहेको बताउनुभएको छ ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले पुष्पलालको विचार, सिद्धान्त र आदर्श आत्मसात् गर्न नसक्दा कम्युनिस्ट आन्दोलनमा विचलन आएको बताउनुभएको छ ।
सिरहाको गोलबजारस्थित पूर्व–पश्चिम राजमार्गको सडकपेटीमै लाग्दै आएको हाटबजार (हटिया) स्थानान्तरण गरिएको छ । लामो समयदेखि लाग्दै आएको गोलबजार नगरपालिका–४ स्थित गुद्री हाटबजारलाई हालै करिब यस मिटर उत्तरतर्फ धमिनि मन्दिर नजिक सारिएको हो ।
एक वर्षअघि नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गतको झ्याप्ले खोलामा पहिरो खस्दा ३५ जनाको अकालमै ज्यान गुमाउनु परेको थियो । यो दर्दनाक घटना पुनः दोहोरिन नदिन अहिले उक्त क्षेत्रको पहिरो रोकथाम र सडक निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत रहेर हालै निधन हुनुभएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नयाँ छावाको नामकरण गरिएकोे छ । लामो समयसम्म निकुञ्जको संरक्षणका क्षेत्रमा