सप्तरीको राजगढ गाउँपालिकामा शङ्कास्पद अवस्थामा दुईजना शव फेला परेको प्रहरीले जनाएको छ । राजगढ गाउँपालिका–५ र ३ नम्बर वडामा दुई जनाको शव फेला परेको हो ।
सदियौंदेखि चल्दै आएको वर्षे मेला (लाखे जात्रा) सुरु भएको छ । दैलेख जिल्लाको सदरमुकाम समेत रहेको दैलेख बजारको विषेश गरी पुरानो बजार क्षेत्रको मौलिक पर्वको रुपमा रहको वर्षे मेला अहिले सर्वव्यापी बनेको छ ।
सुनको मूल्य फेरि बढेर तोलामा दुई लाख रुपियाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ९५ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार एक सय रुपियाँले बढेर एक लाख ९७ हजार छ सय रुपियाँमा कारोबार भएको छ ।
नेपाल उद्योग परिसङ्घले र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरी अर्थतन्त्रलगायतका विषयमा बेग्ला बेग्लै छलफल गरेको छ ।
अब सेयर नै नहुने डिम्याट खाता रोक्का हुने भएको छ । साथै पाँच वर्षदेखि नवीकरण नगरेका डिम्याट खातासमेत स्थगन गरिने भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट ३४ हजार ९७ योगदानकर्ताले सात अर्ब ९० करोड रुपियाँ सापटी लिएका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मलको अभाव भएपछि नेपाली किसान युरिया मल र डिएपीको खोजीमा सीमावर्ती भारतीय बजार धाउन बाध्य भएका छन् तर भारतीय बजारमा जाने नेपाली कृषकबाट भारतीय व्यापारीले जथाभाबी मूल्य लिने गरेको पाइएको छ । नेपाली कृषक ठगिने गरेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुँजीवादविरुद्ध क्रान्तिकारी शक्ति एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ९६ पैसा र बिक्रीदर १३८ रुपियाँ ५६ पैसा निर्धारण गरिएको छ ।
जलवायु परिवर्तनले नेपालमा अझै बढी प्रतिकूलता सिर्जना गर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेस प्रशिक्षकको टोली तयार गर्दै छ । राज्यको उच्च नेतृत्वबाट जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको सङ्कटबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाइरहँदा कांग्रेसले देशभरि परिचालन गर्ने गरी प्रशिक्षकको टोली बनाउने गृहकार्य आरम्भ गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार चीन जाँदै हुनुहुन्छ । चीनमा आयोजना हुने ‘वल्र्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन चीन जान लाग्नुभएको हो ।
सरकारले चीन सरकारबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण चिकित्सा केन्द्र परियोजना कार्यान्वयन गर्नेसम्बन्धी ‘लेटर अफ एक्स्चेन्ज’ मा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
खेतीपातीको समयमा बिद्युतको भोल्टेज न्युन भएर खेतमा पानी तान्न जडान गरिएको मोटर नचलेपछि रोपाइ प्रभावित भएको बाँके नरैनापुरका किसानले गुनासो गरेका छन् ।