कालीगण्डकी कोरिडोर अन्तर्गत निर्माण सम्पन्न भएका सडक हस्तान्तरणको काम सुरु भएको छ । कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा सडकखण्ड अन्तर्गतको १४५ किलोमिटर सडक निर्माण सम्पन्न भएपछि हस्तान्तण गरिएको हो ।
यहाँको मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारमा डेरा गरी बस्ने दुई किशोरी आज बिहान मृतावस्थामा फेला परेका छन् ।
पारिवारिक बेमेलका कारण श्रीमान्श्रीमतीबिच सम्बन्धविच्छेद हुने क्रम बढेको छ । स्वतन्त्र हुने चाहना, वैदेशिक रोजगारी र सामाजिक सञ्जालको प्रयोगले पारिवारिक बेमेल बढ्दा सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
यहाँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् ।
मदन भण्डारी राजमार्गको सडकमा खाल्टैखाल्टाले सवारीसाधनमा आवतजावत गर्न निकै कठिनाइ हुँदै आएको छ । राजमार्गमा जताततै भएका खाल्डाले गर्दा दुर्घटना निम्त्याउने जोखिम बढेको छ ।
करदाता सेवा कार्यालय तानसेन पाल्पाले गत आर्थिक वर्षमा लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ७० करोड २२ लाख ७२ हजार ९७० रुपियाँ सङ्कलनको लक्ष्य रहेकोमा ६० करोड ८१ लाख ९५ हजार ४७० रुपियाँ राजस्व सङ्कलन गरेको हो ।
जुम्लामा अवस्थित कर्णाली प्राविधिक शिक्षालय प्राविधिक जनशक्ति उत्पादनमा अब्बल साबित भएको छ । २०३७ सालमा स्थापना भएको यो शिक्षालयले अहिलेसम्म करिब सात हजार प्राविधिक जनशक्ति उत्पादन गरेको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सरकारले तयार पारेको साङ्गठनिक संरचनाका बारेमा ल्याइएको प्रतिवेदनप्रति असहमति जनाउनुभएको छ ।
कर्णाली प्रदेश सरकारले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनोपयोगी ज्ञान र कलातर्फ आकर्षित हुने गरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशले आर्थिक वर्ष २०८१-८२ मा भएका कार्य प्रगतिको प्रतिवेदन बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई बुझाएको छ ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ को नाम र उद्देश्य परिवर्तन गरेर त्यसलाई कार्यान्वयन ल्याउने भएको छ ।
पातारासी गाउँपालिका–३, चौरगाउँ बाढी तथा पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमाथिबाट बग्ने खोलामा वर्षायाममा आउने बाढी तथा पहिरोका कारण गाउँ र आसपासका क्षेत्रमा ठुलो क्षति हुने गरेको छ । विशेष गरी चौरगाउँको मुन्तिर रहेको खेतीयोग्य जमिनमा प्रत्यक्ष असर परेको छ । मकै र आलु उत्पादन गरिँदै आएको जमिन बाढी र पहिरोले कटान गरी बगरमा परिणत भएको छ । जसले
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङबाट आर्थिक वर्ष २०८१/०८२ मा ३५ लाख ९१ हजार ६४० रुपियाँ राजस्व जम्मा भएको छ । मनाङबाट विभिन्न जडिबुटीहरू यार्सागुम्बा, वन लसुन र जिम्बु सङ्कलन तथा निकासी गर्दा उक्त रकम बराबरको राजस्व जम्मा भएको हो ।
दार्चुलामा सामुदायिक वन क्षेत्रलाई अतिक्रमण गरेर व्यक्तिगत घर/टहरा तथा सरकारी सङ्रचनाहरू निर्माण गरेको पाइएको छ । डिभिजन वन कार्यालय दार्चुलाले अतिक्रमित वन क्षेत्रको तथ्याङ्क सङ्कलन र अद्यावधिक गरेपछि यहाँको सामुदायिक वन क्षेत्र अतिक्रमण गरी निजी घर तथा केही सरकारी सङ्रचना निर्माण गरेको पाइएको हो ।
सुदूरपश्चिम प्रदेशमा आठ वर्षको अवधिमा ४४ वटा कानुन बनेका छन् । दुई कार्यकालको प्रदेश सभाबाट अहिलेसम्म ४४ मूल कानुन बनेका हुन् ।