थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको ‘नागरिक लक्षित आक्रमण’ मा कम्तिमा तीन जना घाइते भएको थाई सेनाले बताएको छ ।
थाइल्यान्ड र कम्बोडियाबिच लामो समयदेखि विवादित सीमा क्षेत्रहरूमा बिहीबार सशस्त्र झडप भएको छ । यसले महिनौँदेखिको तनावलाई द्रुत गतिमा बढाएको छ ।
करिब ५० जना यात्रु बोकेको एउटा यात्रु विमान बिहीबार रुसको सुदूर पूर्वी क्षेत्र अमुरको दुर्गम स्थानमा दुर्घटना भएको छ । अधिकारीहरूले दुर्घटनापछि तत्काल कुनै बाँचेकाको सङ्केत नदेखिएको बताएका छन् ।
बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–६, खरखरे भिरमा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार व्यापार सम्झौताका लागि बेलायत प्रस्थान गर्नुभएको छ ।
बाजुरामा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुई जनाको घट्न स्थलमै मृत्यु भएको र थप एक जनाको दुई तीन घण्टा पछि मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो ।
ताप्लेजुङमा साउन महिनायता बाढीपहिरोले थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ। प्राय, हरेक दिन वर्षा भइरहेको र वर्षाका कारण विभिन्न स्थानमा बाढीपहिरो जाँदा भौतिक संरचनामा क्षति पुगेको हो।
सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियाका इन्दल साहले पर्याप्त वर्षा नहुँदा १८ कठ्ठा खेतमा धान रोपाइँ गर्न पाउनुभएको छैन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक वर्षे उपलब्धिहरूको विवरण सार्वजनिक गर्नुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले मधेश प्रदेशमा तत्काल पिउने पानीको आपतकालीन आपूर्ती र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानार्कषण गराउनुभएको छ।
सोलुखुम्बुको सदरमुकाम सल्लेरीको तिनकुनेबाट च्याल्सासम्म जाने सडकको मुखमा रहेको करिब एकसय सात मिटर सडक सञ्चालनमा ल्याएको छ ।
नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारीतर्फ जाँदै गरेको भे १ ख ३९९४ नम्वरको गाडी बिहीबार दिँउसो सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै बढाइज्युलामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
धनुषामा घरबाट बेपत्ता बालकको शव पोखरीमा भेटिएको छ । धनुषाको सबैला नगरपालिका–१०, खरियानीका सात बालक सचिन कापरको शव बिहीबार घर नजिकैको पोखरी भेटिएको हो ।
तनहुँको व्यास नगरपालिका–३ स्थित तरकारी लाइन, दमौली बजार अनुगमनमा गएका जनप्रतिनिधि सहितको टोलीमाथि दुर्व्यवहार गर्ने तीन जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ।
सर्वोच्च अदालतले ‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ।