इन्स्योरेन्स कम्पनीले भुक्तानी दाबी गरेको रकम नदिएको भन्दै किसानले गुनासो गरेका छन् ।
मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा सङ्घीय सरकारको लगानीमा १७ करोड रुपियाँ खर्चेर बनेको एकीकृत फलफूल तथा तरकारी बजार प्रयोगहीन बनेको छ । पाँच बिघा दुई धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएदेखि अहिलेसम्म प्रयोगमा आएको छैन ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो १ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ ।
पर्यटकीयनगरी सौराहा अहिले सुनसान जस्तै छ । पर्यटक कम आउन थालेपछि यहाँका व्यवसायीले छुटका कार्यक्रम ल्याएका छन् ।
गुल्मीको मजुवामा विपद् उद्धारका लागि सशस्त्र प्रहरीको वेश स्थापना गरिएको छ । बर्सात सुरु भएसँगै हुनेसक्ने बाढी र पहिरोमा तत्काल उद्धार गर्ने उद्देश्यले चन्द्रकोट गाउँपालिका–८ मजुवाको मानका टिकाराम बहुमुखी क्याम्पसमा वेश स्थापना गरिएको हो ।
नेपाल आयल निगमले सिनामङ्गलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको हवाई इन्धन डिपो नयाँ स्थानमा स्थानान्तरण गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानको कन्सल्टेन्सी सेवाले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन बिहीबार निगमलाई हस्तान्तरण गरियो ।
बिहीबार मध्यरातमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार महोत्तरी आउँदै हुनुहुन्छ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले जलस्रोत उपयोगका लागि जल तथा ऊर्जा आयोगबाट अनुमतिपत्र वा सहमति लिनुपर्ने जलस्रोत विधेयक, २०८१ को व्यवस्था संविधानसँग बाझिएको भन्दै सांसदले सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको छ । विधेयकमा जलस्रोत उपयोगको नीति अन्तर्गत जलस्रोत उपयोग गर्दा सहमति वा अनुमतिपत्र लिनुपर्ने व्यवस्था राखिएको हो ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रूपियाँ ९६ पैसा र बिक्रीदर १३८ रूपियाँ ५६ पैसा निर्धारण गरिएको छ ।
सत्ता पक्षकै दुई दलबिचको रस्साकस्सीपछि भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको छ । सरकारले उक्त विधेयक छोटो प्रक्रिया (फास्ट ट्र्याक) मा पारित गर्न चाहे पनि सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बिच सहमति नभएपछि रोकिएको थियो ।
भारतको राजधानी नयाँदिल्ली स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएको छ ।
सल्यानमा भएको फोर्स गाडी (हाइस) दुर्घटनाका घाइते एक जनाको मुत्यु भएको छ । कुमाख गाउँपालिका २ सल्यानका का ७४ वर्षिय कलिभान रानाको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मुत्युभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ चीनमा आयोजना हुने ‘वर्ल्ड एआई कन्फ्रेन्स इन साङ्घाई’ उच्चस्तरीय सम्मेलनमा सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ ।