लहानको पूर्वी किनारा भएर बग्ने खुटी नदीबाट सिँचाइका लागि निकालिएको नहर सञ्चालनमा ल्याउन किसानले माग गरेका छन् । लहानका पूर्वनगरप्रमुख मुनि साहले चार वर्ष अगाडि प्रदेश सिँचाइ वि
बर्दियाका भूमिहीन सुकुमवासीले भूमि अधिकार सुनिश्चित माग गरेका छन् । भूमि ऐन, २०७६ लागु गरी वनक्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र १० वर्षभन्दा अगाडिदेखि जोतभोग गरिरहेका भूमिहीन सुकुमवासीलाई जोतभोगका आधारमा जग्गा दिनुपर्ने माग उनीहरूले राखेका छन् ।
रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत रहेको पर्रोहा बोलबम धामको दोस्रो चरणको पुनर्निर्माणको काम सुरु हुने भएको छ । मन्दिरको पहिलो चरणको पुनर्निर्माणको काम १५ करोड रुपियाँमा गत वर्ष मात्रै सम्पन्न भएको हो ।
सिराहा र सप्तरीको सिमानामा रहेको बलान नदी पश्चिमी किनार सिराहातर्फका कटान क्षेत्रमा तटबन्ध निर्माण भएपछि कटान प्रभावित क्षेत्रका स्थानीयले सुरक्षाको महसुस गरेका छन् ।
गत आर्थिक वर्ष २०८१/०८२ मा रुकुमपूर्वबाट पौने ५९ करोड बजेट फिर्ता भएको छ । सङ्घीय र प्रदेश सरकारबाट जिल्लाका विभिन्न कार्यालय र स्थानीय सरकारमा प्राप्त चालु र पुँजीगत बजेट गरी ५८ करोड ८७ लाख ६ हजार आठ सय ३० रुपियाँ खर्च हुन नसकी जिल्लाबाट बजेट फिर्ता भएको हो । २०८०/०८१ मा ३८ करोड बजेट फिर्ता भएको थियो ।
बैतडी पुर्चौडीको त्रिकालीसहित तीन गाउँमा बिजुली बाल्न १० वर्षदेखि लगातार विद्युत्का तीन वटा योजना सञ्चालनमा भए पनि बिजुली नबल्दा तीन सयभन्दा बढी घरपरिवार मोबाइल चार्ज गर्न छिमेकी जिल्ला बझाङको बित्थड धाउँदै आएका छन् ।
पूर्वी नेपाल र भारतबाट आयातित तरकारीको किनबेच हुने धरान कृषि उपज बजारस्थलमा गरिने विषादीको परीक्षण प्रभावकारी बन्दै गएको छ । हरियो तरकारीमा गरिने विषादी परीक्षणबाट उपभोक्ताले स्वस्थकर तरकारी उपभोग गर्न पाएको बताइएको छ ।
लागुपदार्थको बढ्दो कारोबारबाट सामाजिक क्षेत्रमा नकारात्मक असर पर्दै गएपछि अवैध कारोबार नियन्त्रण गर्न चलाएको निरन्तर अभियानका क्रममा झण्डै दुई हजार व्यक्तिहरु पक्राउ परेका छन् ।
अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ ।
सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले छाउपडीसँग सम्बन्धित सङ्घीय कानुन र प्रदेशको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन नीतिको प्रभावकारी कार्यान्वयन गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ ।
कर्णाली राजमार्ग अन्तर्गत जुम्ला ट्राफिक प्रहरी कार्यालयनजिकै गरिएको कालोपत्रे एक हप्तामै उप्किएको छ । सडक डिभिजन कार्यालय जुम्लाले गरेको कालोपत्रे गुणस्तरहिन भएको भन्दै स्थानीयले उप्काएका छन् ।
भोटेकोशीको सहायक ल्हेन्देखोलामा आएको बाढीका कारण रसुवा नाकामा अलपत्र परेका २०३ जना नेपालीलाई चिनियाँ सुरक्षाकर्मीले तातोपानी नाका ल्याइदिएका छन् । तातोपानीबाट बाह्रबिसे नग
धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, रक्ताही कमलास्थित वनक्षेत्रभित्रको जग्गा अनधिकृत रूपमा किनबेच भइरहेको खुलासा भएको छ । स्थानीय र भूमाफियाको मिलेमतोमा कपाली तमसुक बनाएर वनको जग्गा खरिदबिक्री हुने गरेको खुलासा भएको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मातृभाषामा पत्रकारिताले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अभ्यासलाई बलियो बनाउने बताउनुभएको छ ।
यहाँको धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।