गुल्मी जिल्लाबाट ७८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । विसं. २०८० कात्तिक १९ गतेबाट हालसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ७८ जनाले गैरआवसीय नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् ।
नेपाली कांग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा जारी रहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार शुक्रबार बिहान ९ बजेका लागि बोलाइएको बैठक केहीबेर अघिदेखि सुरु भएके हो ।
राष्ट्रिय परिचयपत्रको बेवसाइडमा समस्या आएपछि चितवनमा सामाजिक सुरक्षा भत्ताका लागि बायोम्याट्रिक गर्न समस्या भएको छ । एक हप्तादेखि बेवसाइडमा समस्या आएपछि वायोम्याट्रिक गर्न आएका वृद्धवृद्धाले हैरानी पाएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । भेट राष्ट्रपति निवास शीतल निवासमा भएको हो ।
यहाँको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरदेखि ५०० मिटर नजिक मादी नदी किनारमा एउटा ठूलो ढुङ्गा छ । जुन पौराणिक कथा बोकेको ऐतिहासिक ढुङ्गा हो ।
बाढीले क्षति पुर्याएको हेंवा खोलामा डाइभर्सन मर्मत गरसँगै सवारी साधन सञ्चालनमा आएका छन् । सडक डिभिजन इलामले डाइभर्सनको मर्मत पश्चात सडक सञ्चालनमा ल्याएको हो ।
देशभरका १६५ युवा सांसदले शपथ लिएका छन् । राष्ट्रिय युवा सांसदको आयोजनामा यहाँ सम्पन्न राष्ट्रिय युवा सांसद शपथ ग्रहण समारोहमा बिहीबार देशका विभिन्न निर्वाचन क्षेत्रका प्रतिनिधित्व गर्ने युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
आलुमा आत्मनिर्भर बन्न तनहुँको व्यास नगरपालिकाले किसानलाई प्रोत्साहन गरेको छ । नगरपालिकाले किसानलाई उन्नत जातको बीउ, आवश्यक औजार तथा आलु भण्डारणमा सहयोग गरेर प्रोत्साहन गरेको हो ।
अमेरिका र इरानबीच कहिल्यै औपचारिक रूपमा युद्ध भएन तर यी दुई देशबीच दशकौँदेखि तनाव रहिआएको छ । हामी अमेरिका र इरानबीच लामो समयदेखि चलिरहेको सङ्घर्ष तथा तनाव उत्कर्ष पुग्दा उठाइएका कदमका बारेमा यहाँ चर्चा गर्दै छौँ ।
तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाईक प्राप्त गर्ने भएको छ । आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई यमाहाको बाइक प्रदान गरिने भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला अधिवेशन यही साउन १४ देखि १६ गतेसम्म हुने पार्टीले जनाएको छ । जसपा नेपाल जिल्ला कार्यकारिणी समिति सप्तरीको राजविराजमा बिहीबार सम्पन्न बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
यो पुरानो जमानाको हस्त निर्मित बाँसको काँगियो हो ।
लुम्बिनी प्रदेश सरकारले थारु समुदायको ऐतिहासिक मटावा÷बरघर÷भलमन्सा प्रथालाइ कानुनी मान्यता दिनका लागि बरघर विधेयकलाई तीव्रता दिएको छ ।
नवलपरासी पूर्व (नवलपुरको) कावासोती–९ निवासी सीता जिसी राउतले कौसीमा ड्र्यागन फ्रुट (सिउँडी फल) खेती गरेर मनग्गे आम्दानी लिन सफल हुनुभएको छ । तीन वटा बिरुवाबाट सुरुवात गरेको ड्र्यागन फलको कौसी खेती अहिले १३५ वटा गमलामा विस्तार भएको छ । बारीमा पनि विस्तार गरेर ४२४ वटा पिल्लरमा बोट लगाउनुभएको छ ।