बागमती प्रदेश सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन शुक्रबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ समक्ष राजीनामा दिनुभएको हो ।
इरानको जेलमा रहेका पाँच जना नेपाली गएराति काठमाडौं फर्किएका छन् । उनीहरु इरानबाट गएराति काठमाडौं आइपुगेका हुन् ।
मणिपुरमा पहिलेदेखि नै लागू गरिएको राष्ट्रपति शासनलाई १३ फेब्रुअरी २०२६ सम्म लम्ब्याउने वैधानिक प्रस्ताव पेश भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशलाई सुख्खाग्रस्त हुनबाट बचाउन दीर्घकालिन र तत्कालिन गरि दुई वटा उपाय अवलम्बन गरिने बताउनुभएको छ ।
सिन्ह्वा समाचार एजेन्सीका अध्यक्ष फु हुआले बिहीबार मध्य चीनको हेनान प्रान्तको राजधानी झेङ्झोउमा आयोजित साङ्घाई सहयोग सङ्गठन (एससिओ) मिडिया र थिङ्क ट्याङ्क शिखर सम्मेलनमा सहभागी मिडिया नेताहरूसँग छुट्टाछुट्टै भेटघाट गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्येय नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताउनु भएको छ ।
सन् २०१५ को सम्झौताअन्तर्गत तीन युरोपेली शक्ति राष्ट्रले प्रतिबन्ध पुनः सक्रिय गर्ने (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्नसक्ने चेतावनीका बिच इरानी कूटनीतिज्ञहरूले शुक्रबार जर्मनी, बेलायत र फ्रान्सका समकक्षीसँग नयाँ आणविक वार्ताका लागि भेटवार्ता गर्ने भएका छन् ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी रहेको छ ।
अत्यधिक गर्मीका कारण जिल्लाको कपिलवस्तु नगरपालिका र बाणगंगा नगरपालिकाकाले विद्यालयमा गर्मी बिदा दिएको छ ।
फ्रान्सले सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसङ्घीय महासभामा प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार घोषणा गर्नुभयो ।
दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।
भारत र बेलायतबिच विगत तीन वर्षदेखि जारी प्रयासपछि बिहीबार बृहत् आर्थिक तथा व्यापार सम्झौता (सिइटिए)मा हस्ताक्षर भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रधानमन्त्रीका रुपमा चौथो बेलायत भ्रमणका क्रममा यो सम्झौतामा हस्ताक्षर भएको छ ।
पछिल्लो समयमा विभिन्न विशिष्टिकृत सेवा प्रदान गर्दै स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको नेपालगन्जस्थित भेरी अस्पतालले सिलकसेल एनिमिया-थालेसिमिया रोगको क्षेत्रमा थप नयाँ सेवा सुरु गर्न लागेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो दुई राष्ट्रको भ्रमणको दोस्रो चरणका रूपमा शुक्रबार माल्दिभ्स आइपुग्नुभएको छ । उहाँको आगमनमा राष्ट्रपति मुइज्जुले न्यानो स्वागत गर्नुभयो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र थाइल्याण्ड बिचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गर्नुभएको छ ।