दुवै देशले दोस्रो दिन घातक आक्रमणहरू गरिरहेको बेला थाइल्यान्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचाचाइले शुक्रबार कम्बोडियासँगको सीमापार झडपले एक लाख ३० हजारभन्दा बढी मानिसलाई विस्थापित गरेको भन्दै यो झडप ‘युद्धमा परिणत’ हुनसक्ने चेतावनी दिनुभएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष विगतकोभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरेको छ । देशका अन्य भूभागमा पानी परिरहेको भए पनि मधेसमा मौसम राम्रोसँग बदली हुन सकेको छैन ।
उपसभामुख इन्दिरा रानाले जलवायु न्याय सुनिश्चित गर्न नेपाललाई तत्काल अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आवश्यकता रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिका ६ मा नवनिर्मित प्रसूति गृहको उद्घाटन गर्नुभएको छ ।
कृष्णपुर नगरपालिका–६ बञ्जरियास्थित महाकाली सामुदायिक वन अहिले हराभरा भएको छ । पहिला उजाड र खुला चरिचरनको थलो बनेको वन क्षेत्र स्थानीय उपभोक्ताको लगनशीलता, समर्पण र वैज्ञानिक वन व्यवस्थापनले उदाहरणीय ढाँचाका रूपमा रूपान्तरण भएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसूति तथा बालरोग अस्पताल शिलान्यास गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।
नेपालका ग्रामीण भेगमा रहेको इँटा भट्टाका श्रमिक पीडामाथि आधारित लघु वृत्तचित्र (डकुमेन्ट्री) ‘‘इँटा भट्टा द किलिङ किल्न’’ इङ्ल्याण्डमा फिल्म फेस्टिभलको लागि छनोटमा परेको छ ।
साङ्घाई सहयोग सङ्गठन (साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ) का सदस्य राष्ट्रका प्रमुखहरूको २५औँ बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ ।
साउन पहिलो सातासम्म जिल्लाका केही ठूला फाँटहरुमा रोपाइँ सुरु भएको छैन । पानी परेपछि मूल फुटेर रोपाइँ हुने खेतहरुमा पनि सोचेअनुसारको रोपाइँ छैन ।
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बारे छलफल भएको छ ।
स्याङ्जामा ‘एक सामुदायिक वन, एक पोखरी’ अभियानअन्तर्गत २७ वटा रिचार्ज पोखरी निर्माण भएका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सुरु गरेको अभियानलाई कार्यान्वयन गर्दै जिल्लाका विभिन्न सामुदायिक वनमा २७ वटा रिचार्ज पोखरी निर्माण भएका हुन् ।
सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएको थियो । पुल बगाएपछि बिकल्पमा बेलिब्रिज जडान गरिएको थियो ।
कैलाली प्रहरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले गोदावरी नगरपालिका –८ स्याउलेका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरीलाई पक्राउ गरेको हो ।