यहाँको बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जङ्गल छ । यसक्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो ।
कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् ।
नेपालको अन्न भण्डारका रूपमा चिनिने मधेस प्रदेशलगायतका क्षेत्रमा यस वर्ष मनसुन प्रतिकूल नहँुदा धान रोपाइँ गम्भीर रूपमा प्रभावित भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा सङ्घको मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालय उदयुरले नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य समावेश गर्न जिल्लाका सबै पालिका र वडा कार्यालयलाई परिपत्र गरेको छ । उदयपुरका प्रमुख जिल्ला अधि
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
बेदकोट नगरपालिका–३ दैजीका ५७ वर्षीय प्रेम टमटा मूर्तिकारका रूपमा सुदूरपश्चिममै चिनिन्छन् । दुई दशकभन्दा बढी समयदेखि उहाँले तामा, पित्तल, काठ, सिमेन्ट र ढुङ्गा प्रयोग गरी सैकडौँ मूर्ति बनाइसक्नुभएको छ ।
म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ । एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
औद्योगिक तथा व्यापारिक नगरी वीरगञ्ज महानगर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै आइरहेको छ । अत्यधिक तीनपाङ्गे्र अटोरिक्सा र जभाभावी बाटो काट्ने पैदलयात्रीका कारणले यहाँको ट्राफिक व्यवस्थापनमा दिनानुदिन समस्या थपिँदै आइरहेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिन्छ । सो मन्त्रालय र मातहतका निकायले सम्पादन गर्ने कामसँग सम्बन्धित कुनै पनि गुनासोलाई अब एक साताभित्रै सम्बोधन गरिने भएको छ ।
पाल्पामा गत आर्थिक वर्ष २०८१/०८२ मा १७ जनाले नेपाली नागरिकता त्याग गरेका छन् । विभिन्न देशको नागरिकता लिएका १७ जना व्यक्तिहरूले नेपाली नागरिकता त्याग गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
महिला कैदीबन्दीको संवेदनशीलता र सुरक्षालाई ध्यानमा राखी ‘महिलामैत्री’ कारागारको आवश्यकता बारम्बार उठ्दै आएको छ । तर सिरहाको कारागारमा अहिले त्यस्तो कुनै सुविधा उपलब्ध छैन ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
आर्थिक वर्ष २०८१/०८२ मा सुर्खेतमा चार सय २३ सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमध्ये २९ जना पुरुष १२ जना चालक, ६ जना महिला, एक बालक र तीन जना बालिका रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
दक्षिण एसियाको खेतीप्रणाली युगौँदेखि लगभग मनसुनमा आधारित छ । सामान्यतया जेठ अन्तिमदेखि बङ्गालको खाडीबाट आउने मनसुनी जलवाष्पयुक्त वायु नै यो क्षेत्रमा बर्सात गराउने मुख्य प्रणाली हो । तीन/चार महिना कायम रहने मनसुनी बर्सात नै यो क्षेत्रको खेती प्रणालीको मूल आशा र भरोसा हो । यो आशा र भरोसा सधैँ एकैनासको हुँदैन । कुनै वर्ष अति बर्सातले बाढी, पहिरो, डुबानलगायतका अनेक सङ्कट निम्त्याउँछ भने कुनै वर्ष मनसुनी वर्षाको अनियमतताले पनि समस्या निम्त्याउँछ । खेतीबाली लगा