‘राष्ट्रियताका विषयमा राजाको र मेरो घाँटी एकै ठाउँमा छ’ विसं २०३३ सालमा ‘मेलमिलाप’ नीति लिएर फर्किने क्रममा महामानव बिपी कोइरालाले त्यस नीतिका बारेमा व्याख्या गर्दै भन्नुभएको यो वाक्यार्थलाई अहिले पनि विभिन्न कोणबाट विश्लेषण गरिन्छ ।
विद्यार्थीको विद्यालय शिक्षाको शैक्षिक यात्रा पूरा भएपछि उच्च शिक्षा पढ्ने योजना हुन्छ । उच्च शिक्षा हासिल गर्न विद्यार्थीले त्यही अनुसारको योजना बनाउँछ । अनि नयाँ मार्ग तय गर्छ । कति विद्यार्थीले उच्च शिक्षा पढ्न विदेश जाने सपना पनि बुनेकै हन्छन् । त्यही सपना साकर पार्न विदेशको
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्ने भएको छ । क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेलले चीन सरकारको
न्यायाधीशबाट अदालती निर्णय वा फैसलामा हुने आत्मालोचनाले फैसला वा निर्णय प्रक्रियामा आलोचनात्मक सोचको विकास गराउनुका साथै न्यायाधीशलाई आत्मालोचनामूलक लेखनमा अभ्यस्त तथा प्रशिक्षित गर्छ । यसले न्यायिक लेखाजोखा प्रणाली अर्थात् न्यायालयमा जिम्मेवारी र जवाफदेहिताको विकास गर्न मद्दत गर्छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित मर्स्याङ्दी नदी किनारामा एक बालिकाको शव फेला परेको छ । बिहीबार साँझ सुन्दरबजार–७ धारापानीका प्रेमबहादुर घर्तीकी ११ वर्षीया छोरी शान्ति मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
नेपालको सबैभन्दा प्राचीन संस्कृतिमा बौद्ध संस्कृति निकै महत्वपूर्ण रहेको छ ।
बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–६ सित्तलपाटीमा शुक्रबार बिहान सबारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको प्राकृतिक सुन्दरताले भरिपूर्ण क्षेत्र र त्यहाँका संस्कृति, कलासँग जोडिएका पक्षलाई उजागर गर्दै नेपालको पर्यटन प्रवर्धन गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटन प्रवर्धनमा नेपाली कला संस्कृतिको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।
कुन काम सरल, कुन जटिल, समयसापेक्ष यकिन गर्नु पर्छ । थाहै नपाई स्वचालित हुने श्वासप्रश्वास रोकिएपछि सजीव मृत हुन्छ । शरीरको अङ्गै सरह नौ महिना कोखमा बसेर जन्मिने मान्छेले पनि आमालाई पूर्ण चिन्दैन, चिन्ने चेष्टासमेत गर्दैन । आमाको महिमा बुझाउने, चिनाउने, प्रस्ट्याउने करोडौँ सिर्जना भएका छन् । यस्तै एउटा पछिल्लो प्रयास हो आमा नाटक ।
काठेभाकाका लागि परिचित प्रतिमा अर्यालको ‘दामी देखिन्छौ’ बोलको भिडियो गीत सार्वजनिक भएको छ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस सुरु गरेको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारलाई सुशासन, पारदर्शिता र मीतव्ययिताको उदाहरण बनाउनु आवश्यक रहेको बताउनुभएको छ ।
नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २६ देशसँग ८० अर्ब ३८ करोड रुपियाँभन्दा बढीको व्यापार भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भइरहेको ट्याक्सीवे विस्तारको काम ६० प्रतिशत पूरा भएको छ ।
जडीबुटीका लागि प्रख्यात दार्चुलाबाट ठुलो परिमाणमा हिमाली जडीबुटी बाहिरी जिल्ला निकासी भएको छ ।