खेलकुदको क्षेत्रलाई डोपिङविहीन बनाउन नेपाल र भारतबीच ऐतिहासिक सहकार्यको थालनी भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाउनु भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान निर्वाचनसम्बन्धी व्यवस्थाका कारण कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो हुने बताउनुभएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित बाढी पहिरोले क्षतिग्रस्त बनाएको सडकहरु मर्मत गर्न सुरु गरिएको छ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सबै जाती समुदायको हितलाई ध्यान दिएर नेपालले नेशनली डिटरमिन्ड कन्ट्रिव्यूसन (एनडिसी) दस्तावेज तयार गरी संयुक्त राष्ट्र संघलाई बुझाइएको बताउनुभएको छ ।
सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेकोछ।
रौतहटमा करेन्ट लागेर बिहीबार मौलापुर नगरपालिकाको प्रवक्ता चन्द्रेश्वर बैठाको मृत्यु भएको छ । सिँचाइका लागि बिद्युतमिटरको तार बिद्युत पोलमा लाउँदैगर्दा करेन्ट लागेर मौलापुर –७ घर भएका बैठाको मृत्यु भएको मौलापुर नगरपालिका –७ का वडा अध्यक्ष रामपुकार साहले जानकारी दिनुभयो ।
वालिङ नगरपालिका वडा नं–८ मा आफ्नै श्रीमान हत्याको आरोपमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा (एमाले) को जनबर्गीय संगठन राष्ट्रिय युवा संघका पदाधिकारी र सदस्यहरुले पाँचथरको याङवरक गाउँपालिका –२ र ३ लाई सिमाना छुट्याउने फलामे खोलामा काठ र बाँसको अस्थायी पुल निर्माण गरेका छन् ।
युरोपेली केन्द्रीय बैँकले बिहीबार ब्याज दरलाई अपरिवर्तित राख्ने तयारी गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मत्तिले स्वीकृत गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको पर्यटन विकासका लागि निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभएको छ।
भारतको गोवामा जारी २४औँ विश्व आईपिसिए चेस च्याम्पियनसिपमा नेपालका खेलाडी विश्वविजय घिमिरेले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्नुभएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको समृद्धि अब सपनामा सीमित नभई सङ्कल्प बन्नुपर्ने बताउनुभएको छ ।
नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ ।