कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बैठकका लागि बोलाइएको हो।
सरकारले मिर्गौला रोगीका लागि आठ लाख ५० हजार स्वास्थ्य सेवा सहुलियत दिने निर्णय गरेको छ । सरकारले यो सेवाको सहुलियत विभिन्न कार्यक्रम मार्फत दिने व्यवस्था गरेको छ ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुसालको नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्वारी परेको छ। निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा भुसालले उम्मेदवारी दर्ता गराएका हुन्।
नेपालको सबैभन्दा ठुलो टी–१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।
पर्वतीय पर्यटन प्रवर्धनको उद्देश्य राखेर ओखलढुङ्गाका सगरमाथा आरोहण गर्ने आरोहीहरू सङ्गठित भएका छन् । बुधबार काठमाडौँमा आयोजित आरोहीहरूको भेलाले सगरमाथा आरोही सङ्घ ओखलढुङ्गा नामक संस्था स्थापना गरी पर्यटन प्रवर्द्धनमा काम गर्ने जनाएको छ ।
नेपालले ३८औँ आइएसटीएफ सेपाकताक्रो विश्व च्याम्पियनसिपमा बिहीबार एक स्वर्ण र एक रजत पदक जितेको छ ।
नेपाल महिला राष्ट्रिय फुटबल टोलीको क्याप्टेन सावित्रा भण्डारी (साम्बा) लाई जन्मथलो मर्स्याङ्दी गाउँपालिकामा भव्य सम्मान गरिएको छ ।
नेपाली सेनाले बाजुराको जीप दुर्घटनामा परी घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पुर्याएको छ।
चीनले बिहीबार कम्बोडिया र थाइल्यान्डबिच भएको द्वन्द्वप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको छ । “हामी वर्तमान घटनाक्रमप्रति गहिरो चिन्तित छौँ । दुवै पक्षले संवाद र परामर्शमार्फत समस्याको उचित समाधान गर्ने आशा गर्दछौँ”, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो ।
मच्छिन्द्र फुटबल क्लब र एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगमा कठिन जित निकालेको छ ।
रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार दुर्घटना भएको अङ्गारा एयरलाइन्सको एन्टोनोभ–२४, (सोभियत–इरा एन–२४) यात्रुबाहक विमान अवतरणको क्रममा नै आगो लागेर जलेको पुष्टि भएको छ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय बिहीबार सार्वजनिक गर्नुभएको हो ।
लामो समयदेखि प्रर्याप्त वर्षा नहुँदा रोपाइँ नै कम भएको बाँके जिल्लामा रोपाइँ भएको धानसमेत पानीको अभावले सुक्न थालेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली काठमाडौँ गोर्खाजले आफ्नो लोगो सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथिको छलफल आज पनि जारी रह्यो छ ।