‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।
देबचुली नगरपालिका–५ बन्दीपुर भुइँकटहर उत्पादनको पकेट क्षेत्र मानिन्छ, जहाँ अधिकांशले भुइँकटहर खेती गेका छन् । यहाँ उत्पादित भुइँकटहर स्वादका लागि चर्चित छ ।
हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न व्यङ्ग्यात्मक सामग्री भित्रिने गर्दछन् ।
बाँकेको नेपालगञ्जबाट रुकुमपश्चिमको चौरजहारी आउँदै गरेको यात्रुवाहक हाइस गाडी सल्यानमा दुर्घटना भएको छ । आज (बिहीबार) दिँउसो १२ बजे सल्यानको कुमाख गाउँपालिका –२ नेटानजिक भे १ ख ३९९६ नम्वरको हाइस दुर्घटना भएको हो ।
प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासंघको प्रतिनिधि मण्डलले भेट गरेको छ ।
दैनिक रूपमा खेर गइरहेको विभिन्न रुखबिरुवाका पात सङ्कलन गरी प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न थालिएको छ । जिल्लाको सप्तकोसी नगरपालिका-१ स्थित फत्तेपुरमा रुखबाट झरेर सुकेका पात र वनका पोथ्रा रुखको हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गर्न थालिएको हो ।
सत्यवती गाउँपालिकाले गाईपालक कृषकलाई प्रोत्साहन गर्न सुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णय बमोजिम पहिलो बेत ब्याउने गाईका लागि प्रोत्साहन स्वरुप प्रति गाई रु १० हजार अनुदान उपलब्ध गराइने भएको हो ।
कमला सिँचाइ व्यवस्थापन कार्यालय धनुषाले सिँचाइका लागि आलोपालो व्यवस्था मिलाएको छ। नहरमा पानीको बहाव कम भएकाले शाखागत रूपमा पालो मिलाएर सिँचाइ व्यवस्था मिलाइएको हो।
भारतको उत्तरप्रदेश राज्य अन्तर्गतको नानपारा तहसील क्षेत्रका करिब तीन हजार कावड यात्रीले बिहीबार नेपालगन्ज पुगेर ऐतिहासिक बागेश्वरी मन्दिर परिसरभित्र रहेको खडेश्वर जुंगे महादेवलाई “मैत्री जल” चढाएका छन्।
महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौ भइसक्यो ।
सप्तरीमा पाँच दिन यता चार जना मृत फेला परेका छन् । पछिल्लो पटक राजगढ गाउँपालिका ५ मलेकपुर कामत टोलमा रहेको धान खेतमा बुधबार एक जना अन्दाजी ४५ वर्षीया एक पुरूष मृत फेला परेका हुन् ।
सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा बिहीबारदेखि सेवा सुचारु भएको छ । गएको सोमबार सवारी दुर्घटनामा परी घाइते भई उपचारका लागि आएका एक जना बिरामीको आफन्तबाट अस्पतालका अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात भएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले दोषीलाई कारवाही तथा शान्ति, सुरक्षाको माग गर्दै मङ्गलबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।
लोप हुँदै गएको लाखे नाच संस्कृति जोगाउन तानसेनका युवा कस्सिएका छन् । केही वर्ष पहिलेसम्म मनोरञ्जन र परम्परा संरक्षणको दरिलो माध्यम बनेको लाखे नाच पुरानाहरूले बिर्सेपछि यसको संरक्षण गर्नका लागि स्थानीय युवा कस्सिएका हुन् ।
ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ । महासङ्घका प्रतिनिधि आज अध्यक्ष निवास खुमलटार पुगी ज्येष्ठ नागरिकका विभिन्न माग सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।