• १० साउन २०८२, शनिबार

राष्ट्रपतिसँग ज्येष्ठ नागरिकका समस्या प्रस्तुत

blog

काठमाडौं, साउन ८ गते । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधि मण्डलले भेट गरेको छ । 

महासङ्घका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याबारे राष्ट्रपतिलाई जानकारी गराएको हो । 

उहाँहरूले राष्ट्रिय सभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

उहाँहरूले नागरिकताविहीन जेष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्नेलगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राख्नुभएको थियो । 

राष्ट्रपति पौडेलले जेष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताउनुभयो ।