अरुण नदी र सभाखोलाको बीचमा अवस्थित विश्वकै होचो उपत्यका तुम्लिङटार। सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ मा अवस्थित (गुठिटार, बोहोराटार र तुम्लिङटार) यस क्षेत्रको रमणीयस्थल हो ।
लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको प्रदेश अस्पतालमा जटिल सल्यक्रियासहितको सेवा पाउन थालेपछि सेवाग्राहीको आकर्षण बढ्दैगएको छ ।
बाजुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्। दुर्घटनामा हिमाली गाउँपालिका–५, सुन्यबाडा बस्ने ७३ वर्षीय बाजा रोकाया र सोही ठाउँमा बस्ने ७५ वर्षीय विजुरा रोकायाको मृत्यु भएको हो।
रौतहटको चन्द्रपुर नगरपालिका–६, डाबरी मोथियाही बेतौना सडक कालोपत्रेसहित स्तरोन्नति भएपछि यात्रा सहज भएको छ ।
सर्केगार्ड गाउँपालिका-२ र ६ को सिमानामा पर्ने खडिखेतको काठेपुल कर्णाली नदी बगाउँदा स्थानीय मर्कामा परेका छन् ।
बागलुङ नगरपालिका, न्यायिक समितिले आर्थिक वर्ष २०८१-०८२ मा २४ वटा विवाद फछ्र्यौट गरेको छ ।
गौशाला नगरपालिकामा वर्षौदेखि लाग्दै आएको स्थानीय साप्ताहिक हटिया बजारको स्थान सारिएको छ ।
ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङबाट शल्यक्रिया सेवा सुरु गरिएको हो ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत आव २०८१/२०८२ मा नेपालले रु. दुई खर्ब ७७ अर्ब तीन करोड दुई लाख बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको जानकारी गराउनुभएको छ ।
उच्च अदालत सुर्खेत जुम्ला इजलासमा अहिलेसम्मकै बढी मुद्दा फर्छ्यौट भएका छन् । उच्च अदालत सुर्खेत जुम्ला इजलास जुम्लाले आर्थिक वर्ष २०८१/०८२ मा अहिलेसम्मकै बढी मुद्दा फर्छ्यौट भएको पत्रकार भेटघाटबाट जानकारी गरेको छ ।
मृत्यु हुनेमा सोही गाउँपालिका–५ क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्र्षीया वाचा रोकाया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिनुभयो ।
होत्तरी जिल्लाको बर्दिबासस्थित ऐतिहासिक निगौल गाई गौशाला र बर्दिबास नगरपालिकाबिचको विवाद थप चर्कदै गएको छ । जग्गा भाडा, बजार सञ्चालन अधिकार र कर बक्यौता जस्ता विषयमा सहमति नहुँदा स्थिति प्रतिदिन तनावग्रस्त बन्दै गएको हो ।
बाजुरा जिल्लाको हिमाली र मुगुको खत्याड गाउँपालिका बीचमा पर्ने कर्णाली नदिको झुगोलामा निर्माण हुन थालेको पक्की पुलको तीन वर्षमा एक पिलर मात्र निर्माण भएको छ ।
गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१, बारपाकमा २०७२ सालमा गएको महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाएका जिल्लाभरिका ४९० जना मृतकको नामावली बारापाकमा बनेको स्मृति उद्यानमा राखिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषत्तोम पङ्गेनीले जानकारी दिनुभयो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका २१ र २२ को पुरैनीमा रहेको ऐतिहासिक कान्तितालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको छ ।