टाइफुन कोमे अवतरण गरेपछि उष्णकटिबन्धीय आँधीबेहरीसहित आँधी आएको उत्तरी फिलिपिन्सका उद्धारकर्ताले बाढीका कारण फसेका बासिन्दाहरूका लागि शुक्रबार डुङ्गाबाट खाना आपूर्ति गरेका छन् ।
नेपाली कांग्रेसबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन शुक्रबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ समक्ष राजीनामा दिनुभएको हो।
गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच शुक्रबार कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेताबहादुर सिंह लामा तामाङविरुद्ध अविश्वासको प्रस्ताव दर्ताभएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा शुक्रवार बिहान करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार करेन्ट लागेर घाइते भएका ५५ वर्षीय धनिराम आचार्य र उहाँकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको उपचारको क्रममा मृत्यु भएको हो ।
फ्रान्सले शुक्रबार प्यालेस्टिनी राज्यलाई औपचारिक रूपमा मान्यता दिने आफ्नो योजना प्यालेस्टिनी लडाकू समूह हमासको धारणाको विपरीत रहेको बताएको छ । “हमासले सधैँ दुई-राज्य समाधानलाई अस्वीकार गरेको छ ।
नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा आफूले उम्मेदवारी दिने उहाँले बताउनुभयो ।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले गाजाको मानवीय अवस्थालाई खराव र विनाशको रूपमा वर्णन गर्दै इजरायललाई यस क्षेत्रमा सहायताको अवरोध तुरुन्तै रोक्न आह्वान गर्नुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले साउन ११ गते (आइतबार) नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
ताप्लेजुङमा जबरजस्ती करणी (बलात्कार) का घटना वृद्धि भएको पाइएको छ। प्रहरीका अनुसार पछिल्लो समय जबरजस्ती करणी तथा करणीजन्य घटना वृद्धि भएको पाइएको हो।
क्यानडा पठाइ दिने भन्दै पैँसट्ठी लाख सन्तानब्बे हजार रुपियाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखा पालुङटार नपा २ स्थायी घर भई हाल काठमाडाैँ कागेश्वरी मनोहरा नपा ५ बस्ने ३७ वर्षीय रविन आचार्यलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी जीवन राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने बताउनुभएको छ।शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
इस्तानबुलमा यसै साता हुने वार्ताका लागि मस्को र किएभका वार्ताकारबिच छलफल भएको छ ।
बागमती प्रदेश सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन शुक्रबार मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ समक्ष राजीनामा दिनुभएको हो ।
इरानको जेलमा रहेका पाँच जना नेपाली गएराति काठमाडौं फर्किएका छन् । उनीहरु इरानबाट गएराति काठमाडौं आइपुगेका हुन् ।