• १० साउन २०८२, शनिबार

फिलिपिन्सका बाढी पीडितहरुका लागि सुरक्षित खानाको आपुर्ति

blog

बुलाकान, फिलिपिन्स, साउन ९ गते । टाइफुन कोमे अवतरण गरेपछि उष्णकटिबन्धीय आँधीबेहरीसहित आँधी आएको उत्तरी फिलिपिन्सका उद्धारकर्ताले बाढीका कारण फसेका बासिन्दाहरूका लागि शुक्रबार डुङ्गाबाट खाना आपूर्ति गरेका छन् । 

प्राकृतिक प्रकोप व्यवस्थापन निकायका अनुसार केही दिनको मनसुनी वर्षाले २५ जनाको ज्यान लिनुका साथै आठ जना बेपत्ता भएपछि फिलिपिन्सका प्रभावित स्थानमा विद्यालयलगायत बिजुली सेवा बन्द भएको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोसले बिहीबार बाढीलाई जलवायु परिवर्तनसँग जोड्दै आफ्नो देशले यसको प्रभाव स्वीकार्नु पर्ने बताउनुभएको छ । उत्तरपूर्वबाट उत्तरतर्फ जाँदा कमजोर हुँदै गएको आँधी शनिबार बिहानसम्म फिलिपिन्सबाट बाहिरिने अपेक्षा गरिएको छ । रासस/एएफपी