अविनाश चौधरी
धनगढी, साउन ९ गते। कैलालीको धनगढी उपमहानगरपालिकाले साउन ११ गते (आइतबार) नगर क्षेत्रमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
रानाथारु समुदायको तीज पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो। श्रावण शुक्ल तृतीयाका दिन रानाथारु समुदायका महिलाले आफ्नो दाइभाइ र भतिजाको दीर्घायुको कामना गर्दै निराहार तीज व्रत बस्ने गरेका छन्। कैलाली, कञ्चनपुरमा यो पर्व धुमधामसंग मनाउने गरिएको छ।
रानाथारु तीजको अवसरमा धनगढी उपमहानगरपालिकाको कार्यालयसहित मातहतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था एवम् संघसंस्थामा स्थानीय सार्वजनिक बिदा दिइएको नगर प्रमुख गोपाल हमालले जानकारी दिनुभयो।