हामी सबैलाई थाहा छ– मलिलो खेतमा झार उमार्न कुनै मेहनत गर्नु पर्दैन ।
नेपाली समाजमा जल र संस्कृतिबिच रहेको अन्योन्याश्रित सम्बन्धलाई केलाउने प्रयास गरिएको नीरणकुमार राजवंशी लिखित पुस्तक ‘जलसंस्कृति र सम्पदा’ शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ । संस्कृतिविद् हरिराम जोशीले सो पुस्तक सार्वजनिक गर्नुभएको हो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका– ६ कुशहामा शुक्रबार एक शिक्षक मृत फेला परेको प्रहरीले जनाएको छ । डाक्नेश्वरी नगरपालिका–६ कुशहाका २७ वर्षीय रामकिसुन राय मृत फेला परेका हुन् ।
बाँकेको निजी क्षेत्रले केही वर्षदेखि बारम्बार उठाउँदै आएको नेपालगन्ज–दिल्ली हवाई उडानको विषयमा फेरि पहल सुरु गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मिति तय भएपछि नेपालगन्ज–दिल्ली हवाई उडानका सम्बन्धमा फेरि पहल सुरु गरिएको जनाएको छ ।
एकै व्यक्तिले फरक फरक व्यावसायिक फर्मबाट एकै स्थानको स्टक देखाएर बैङ्कबाट कर्जा लिएर भुक्तानी नगरेपछि विराटनगर–७ स्थित मेगाटेक सोलुसन प्रालि रहेको कार्यालय तथा यससँग सम्बन्धित गोदाममा ताला लगाउन बैङ्कको होडबाजी चलेको छ ।
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्रीदर १३८ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नीतिगत सुधारले विदेशी लगानी स्वीकृति दर बढ्दै गएको बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशकै सबैभन्दा ठुलो सिउँडीफल (ड्र्यागन फ्रुट) को बगैँचा डडेलधुराको चुरे पर्वतमा स्थापना भएको छ । आलिताल गाउँपालिका–४, चुडापानीमा रहेको बाँझो जमिनमा पाँच सयभन्दा बढी बिरुवा रोपिएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।
धादिङ, गङ्गाजमुना गाउँपालिका–६ की पार्वती कार्कीले एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोड रुपियाँको बम्पर नगद पुरस्कार जित्नुभएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न नेपाल र भारतका गृहसचिवस्तरीय बैठकमा पारस्परिक कानुनी सहायतासम्बन्धी सन्धिमा सहमति भएको छ ।
सरकारले इरानको जेलमा थुनामा रहेका पाँच जना र अवैध रूपमा विदेश जाँदै गरेका ४७ जना नेपाली महिलाको सकुशल उद्धार गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालयको देवदह गुरुयोजना सार्वजनिक गर्नुभएको छ । लुम्बिनीमा शुक्रबार आयोजित अन्तर्राष्ट्रिय छात्रावास भवन शिलान्यास तथा देवदह गुरुयोजना सार्वजनिक समारोहमा अर्थमन्त्री पौडेलले रुपन्देहीको देवदहमा झन्डै ८० अर्ब लागतमा बन्ने पूर्वाधार गुरुयोजना सार्वजनिक गर्नुभएको हो ।
दैलेख घर भई नेपालगन्जको वीपीचोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेटरको रूपमा कार्यरत २२ वर्षीया निर्मला थापाको हत्या भएको छ । बेलासपुरस्थित कोठामा सलले घाँटी बेरेर थापाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताउनुभएको हो ।