• १० साउन २०८२, शनिबार

कांग्रेस पदाधिकारी बैठकमा रुपन्देही-३ उपनिर्वाचनबारे छलफल

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन ९ गते । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ बारे छलफल भएको छ । कांग्रेस नेता अर्जुन नरसिंह केसीका अनुसार यस विषयमा प्राप्त विभिन्न सूचनाको सन्दर्भमा शुक्रबारको बैठकमा सामान्य छलफल भएको छ । 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो, “त्यस विषयमा प्राप्त विभिन्न सूचनाको सन्दर्भमा सामान्य छलफल मात्रै भयो । त्यो भन्दा अरु कुरा केही भएन । त्यस क्षेत्रमा पार्टीको रुपबाट एकीकृत ढङ्गले जानुपर्छ भन्ने सैद्धान्तिक छलफल र वस्तुगत परिस्थितीको विश्लेषणबाहेक खास केही भएन ।”

सो निर्वाचन क्षेत्रमा उम्मेदवारको जिज्ञासामा उहाँले अहिले कोही पनि व्यक्ति विशेष चर्चा नभएको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “व्यक्तिभन्दा पनि अहिलेको वस्तुगत परिस्थिति छ त्यसको सम्पूर्ण समीक्षा, विश्लेषण गरेर सम्पूर्ण पार्टीभित्र एकतापूर्ण अभियानलाई कसरी सञ्चालन गर्ने, त्यहाँको जिल्ला सभापतिले त्यहाँको वस्तुस्थितीको प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रदेश सभापतिले प्रस्तुत गर्नुभयो । बालकृष्णजीले नि त्यहाँको वस्तुस्थिति बताउनुभयो ।”