• १० साउन २०८२, शनिबार

दैलेखमा फोर्स गाडी दुर्घटना, १९ घाइते

blog

दुर्घटना भएको फोर्स गाडी ।

यामराज बिष्ट

पञ्चकोशी-दैलेख, साउन ९ गते । दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । सुर्खेतदेखि जुम्ला जाँदै गरेका फोर्स गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।  

कर्णाली प्रदेश ०२ ००१ ज ००४६ नम्बरको फोर्स गाडी दैलेखको दुल्लू नगरपालिका –१ तल्लो डुङ्गेश्वर नजिकै दुर्घटना भएको दैलेख प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

गाडीमा सवार १९ मध्ये १२ जना सामान्य घाइते भएका र ५ जना गम्भीर घाइतेलाई थप उपचारको सुर्खेत पठाएको उहाँले बताउनुभयो । उकालोमा यात्रु चढाउन लाग्दा गाडी व्याक गएर सडकबाट करिव १० मीटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।