देवराम यादव
सप्तरी, साउन ९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीको जिल्ला अधिवेशन यही साउन १४ देखि १६ गतेसम्म हुने पार्टीले जनाएको छ । जसपा नेपाल जिल्ला कार्यकारिणी समिति सप्तरीको राजविराजमा बिहीबार सम्पन्न बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
विगतमा जसपा नेपालको आन्तरिक विवादका कारण पटकपटक जिल्ला अधिवेशनको मिति सर्दै आएको थियो । जिल्ला अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आगामी साउन १४,१५ र १६ गते राजविराजस्थित साइकृष्णा मेडिकल कलेजको प्राङ्गणमा गर्ने निर्णय गरिएको अधिवेशन प्रचारप्रसार समितिका संयोजक निलेशकुमार झाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकले अधिवेशन तयारीका लागि मुल व्यवस्थापन समिति, आर्थिक समिति, प्रचारप्रसार समितिलगायतका विभिन्न तयारी समिति गठन गरेको अधिवेशन प्रचारप्रसार समितिका संयोजक झाले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।