विजयकुमार साह
ढल्केबर, साउन ८ गते । धनुषामा घरबाट बेपत्ता बालकको शव पोखरीमा भेटिएको छ । धनुषाको सबैला नगरपालिका–१०, खरियानीका सात बालक सचिन कापरको शव बिहीबार घर नजिकैको पोखरीमा भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार बालक सचिन बुधबार बिहान ११ बजे घरबाट खेल्न निस्केका थिए । बालकको खोजी गर्ने क्रममा बिहीबार बिहान करिब १० बजे घर नजिकैको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।
पोखरीमा नुहाउन पस्दा डुबेर बाललको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले बताउनुभयो ।