जबरजस्ती करणीसम्बन्धी उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको टोलीले हल्वाईलाई नियन्त्रणमा लिएको हो ।
दुर्घटना हुनुको मुख्य कारण चालकको लापरबाही रहेको छ । जिल्ला ट्राफिक कार्यालय कोहलपुर बाँकेका अनुसार जिल्लाका विभिन्न स्थानमा गरी गत आवमा ५७७ वटा सवारी दुर्घटना भएका छन् ।
अग्लाअग्ला विशाल चट्टानी पहाड । त्यही पहाडको गल्छीबाट एक तमासले बगिरहन्छ झरना । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५, लुम्बुक झरना पर्यटकको पर्खाइमा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर युवालाई रोक्नु रहेको बताउनुभएको छ।
नेपाल चिकित्सक सङ्घले सङ्घसँग भएको सहमति कार्यान्वयनका लागि गम्भीर हुन सम्पूर्ण सरोकारवाला निकायलाई आग्रह गरेको छ।
लिग चरणको अन्तिम खेलमा हेल्प नेपालले पोर्टस अथोरिटीलाई ३–० को सोझो सेटमा हरायो ।
ताप्लेजुङमा साढे चार वर्ष अघिदेखि निर्माण गर्न सुरु भएको युनाइटेड मेवाखोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा मनाङले आर्मीलाई २–० गोलले हरायो ।
बागलुङको निसीखोला गाउँपालिकामा संघीयता स्थापना भएपछि ७ वटा स्वास्थ्य संस्था थपिए ।
सम्भावित युद्धविराम र सहायता वार्ताका लागि अमेरिकी शीर्ष दूतको युरोप भ्रमणअघि गाजामा ‘ठुलो सङ्ख्यामा भोकमरी’ फैलिएको एक सय भन्दा बढी सहायता संस्थाहरूले चेतावनी दिएका छन् ।
बाँकेका अन्य पालिकाहरूको तुलनामा सबैभन्दा कम स्वास्थ्य सेवाको पहुँच भएको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा नागरिकको स्वास्थ्य सबल बनाउन र नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सामुदायिक स्वास्थ्य घरदैलो कार्यक्रम सुरु गरिएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले नाटो सुरक्षा, अमेरिका-इयु व्यापार विवाद र अन्य प्रमुख मुद्दाहरूमा छलफल गर्न बुधबार बर्लिनमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँग भेट गर्दै हुनुहुन्छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा पारिवारिक समस्या र जग्गा विवादले उग्ररूप लिँदा छोराले छुरा प्रहार गरी बुवाको हत्या गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापारिक सम्झौता गरेपछि जापानका प्रधानमन्त्रीले चाँडै आफ्नो राजीनामाको घोषणा गर्नुहुने बुधबार रिपोर्टहरूले जनाएका छन् ।
युक्रेनी र रुसी अधिकारीहरू बुधबार इस्तानबुलमा शान्ति वार्ताको तेस्रो चरणका लागि भेट्न सक्छन् । यो सात हप्ताभन्दा बढी समयपछिको तिनीहरूको पहिलो भेटघाट हुनेछ र यो युद्धविराम गर्न अमेरिकी दबाबको बिचमा आएको छ । सफलताको अपेक्षा कम छ ।