नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
गत असार २४ गते लेन्देखोलामा आएको भीषण बाढीका कारण रसुवागढी नाकाको मितेरी पुल बगाएपछि चीनको केरुङमा अड्किएका नेपाली नागरिक बुधबार तातोपानी नाकाबाट स्वदेश फर्किंदै छन् ।
विश्व शान्ति स्तूप पोखरा महानगरपलिका–२२ पुम्दीभुम्दी गाविस वडा नम्बर १ स्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको धार्मिक तथा पर्यटकीय स्थान हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत उत्कृष्ट कार्यसम्पादनका आधारमा सल्यान जिल्ला प्रथम भएको छ । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादनमा कर्णाली प्रदेशका १० जिल्ला मध्ये सल्यान स्थित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रथम भएको हो ।
सङ्घीय, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी कार्यालयहरूले गत आर्थिक वर्ष २०८०/८१ मा बैतडी जिल्लामा करिब १६ अर्ब रुपियाँभन्दा बढी बजेट विनियोजन गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई विशेष सम्बोधन गर्दै हुनुहुन्छ ।
बाँकेमा प्रदेश र सङ्घीय सरकारको गरी गत आर्थिक वर्ष २०८१/०८२ मा तीन अर्ब २५ करोड रुपियाँभन्दा बढीको बजेट फ्रिज भएको छ ।
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा मिचाहा प्रजातिका झार र लहराको अतिक्रमण बढ्दा वन्यजन्तुको आहारामा कमी आउन थालेको छ । आरक्षको सिम क्षेत्र र जङ्गलमा मिचाहा झार र लहरा बढ्दै जाँदा वन्यजन्तुको आहारामा कमी आउन थालेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
साहित्य एकेडेमी नेपालसँगको सहकार्यमा नेपालका लागि पाकिस्तानी दूतावासले मङ्गलबार उर्दु सायरी सङ्गोष्ठीको आयोजना गर्यो ।
गोरखाका राजा राम शाहको कीर्ति स्मरण गर्दै धादिङको नीलकण्ठ नगरपालिकाले नीलकण्ठ–७, तल्लोबेँसी डाँडामा ‘राम शाह पार्क’ निर्माण गरेको छ । गोरखा नगरपालिकासँगको भगिनी सम्बन्धलाई सुदृढ गर्दै नगर क्षेत्रको पर्यटकीय सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले पार्क निर्माण गरिएको हो ।
बढ्दो विश्व बजारीकरणका कारण बेमौसमी उत्पादन पनि बजारमा पाइने गरेको छ । एक प्रकारको हावापानीमा उत्पादन हुने फलफूल अर्को प्रकारको हावापानी भएको मुलुकमा पाइँदा केही समयअघिसम्म अचम्म मानिने गरिन्थ्यो । अचेल भने विस्तारै सामान्य जस्तै भइसकेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बझाङी भाषा
सर्लाहीको कबिलासी नगरपालिका कार्यालयमा चोरी गर्ने पाँच जना पक्राउ परेका छन् । कबिलासी नगरपालिका–८, स्थित नगरपालिका कार्यालयको सामाजिक सुरक्षा शाखाबाट यही साउन ४ गते राति विभिन्न सामग्री चोरी भएको थियो । प्रहरीले चोरीमा संलग्न पाँच जना व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।