कोलम्बो, साउन ७ गते । श्रीलङ्काले सन् २०१५ देखि २०२५ मे महिनासम्मको अवधिमा वैदेशिक रोजगारबाट ६१.१ अर्ब अमेरिकी डलर बराबरको रेमिट्यान्स प्राप्त गरेको छ । यो जानकारी श्रीलङ्काका विदेश तथा वैदेशिक रोजगारका उपमन्त्री अरुण हेमचन्द्रज्यूले हालै संसदमा दिनुभएको हो ।
श्रीलङ्काको केन्द्रीय बैँकको तथ्याङ्क अनुसार, उक्त रेमिट्यान्सको राशी करिब १३ हजार ९४६ अर्ब श्रीलङ्काली रुपियाँ बराबरको रहेको छ । उहाँले थप जानकारी दिँदै, सन् २०२५ फेब्रुअरी २५ सम्मको अवस्थासम्म करिब १३ लाख ५० हजार श्रीलङ्काली नागरिकहरू विभिन्न मुलुकहरूमा रोजगारीमा रहेका जानकारी दिनुभयो । श्रीलङ्काको अर्थतन्त्रका लागि वैदेशिक रेमिट्यान्स प्रमुख आम्दानीका स्रोतहरू मध्ये एक मानिन्छ । रासस/सिन्ह्वा