• ८ साउन २०८२, बिहिबार

रामचन्द्र र भावनाको सोच सोचमा शिल्पाको अभिनय (भिडियो)

blog

काठमाडौँ, साउन ७ गते। गायक रामचन्द्र काफ्ले र गायिका भावना आचार्यको सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ। गायिका आचार्य स्वयमको शब्द तथा सङ्गीत सिर्जना रहेको गीतमा हेमन्त शिशिरको एरेन्ज रहेको छ। 

हिन्दु नारीहरूको महान् पर्व तीज नजिकिँदै गर्दा सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका भावनाले समयमा नै विवाह गर्न भन्दै रमाइलो शैलीमा महिला दिदीबहिनीलाई आग्रह गर्नुभएको छ। 

भिडियोमा नायिका शिल्पा पोखरेल र नवीन किशोरको जोडी खुबै सुहाएको छ। लामो समयपछि नायिका शिल्पा भावनाकै भिडियोबाट फेरि काममा फर्किनुभएको हो। भिडियोमा शिल्पा र नवीनका अलावा गायक काफ्ले र गायिका भावना स्वयमको पनि अभिनय देख्न सकिन्छ।

नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गर्नुभएको हो। सौखिन तिमल्सेनको सम्पादन रहेको भिडियोको छायाङ्कन विनोद विष्टले गर्नुभएको हो। गायनसँगसँगै अभिनयमा पनि औधी रुची राख्ने गायिका भावना पछिल्ला भिडियोमा आँफै पनि मोडलका रूपमा देखा पर्नुभएको छ। 

भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरू बजारमा आइसकेका छन्।