• ७ साउन २०८२, बुधबार

धार्चेको खोर्लाबेँसीमा बेलिबृज निर्माण

blog

गुणबहादुर रोका

सुलीकोट, साउन ७ गते । उत्तरी गोरखाको धार्चेमा बेलिबृज निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँपालिका–३, खोर्लाबेँसीको निमरुङ खोलामा बेलिबृज निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

टाइमस इनर्जी प्रालिको बजेटमा चुमनुब्री गाउँपालिका जोड्ने मुख्य ठाउँ भएकाले पनि निमरुङ खोलामाथि २० मिटर लम्बाइ र ८.४० मिटर चौडाइ लामो बेलिबृज निर्माण आवश्यक भएको गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । 

बेलिबृज निर्माणसँगै उत्तरी गोरखाको धार्चे गाउँपालिकादेखि चुमनुबी गाउँपालिकाका स्थानिय बासिन्दा लगायत आन्तिरिक तथा बाह्रय पर्यटकलाई सडक बाटो भएर आवतजावत गर्न निकै सहज हुने धार्चे गाउँपालकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो ।

उत्तरी गोरखाका स्थानीयहरू गोरखा सदरमुकामसम्म पुग्न बर्खाको बेला निमरुङ खोला तर्न नसकेर सवारी साधनहरू ठप्प हुनु पर्ने अवस्था पुल निर्माणले अन्त्य हुने विश्वास लिइएको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारको भनाइ छ । 

बेलिबृज निर्माण भएपछि १२ महिना सवारी साधन आवतजावतमा सहज हुनुका साथै दुरी छोटिने भएको खोर्लाबेँसीका स्थानीयहरूले बताएका छन् । 

धार्चे गाउँपालिका र टाइमस इनर्जी प्रालिबिच २०८० साल पुस ९ गते ५ करोड लगानीमा बेलिबृज निर्माण गरिदिने सम्झौता भएर काम अघि बढेको धार्चे गाउँपालिकाले जनाएको छ । टाइम्स इनर्जी कम्पनीले २०८२ साल असोज मसान्त भित्र समपन्न हुनेगरी सम्झौता भएतापनि साउनको १० गते भित्र सम्पन्न हुने गरी काम अघि बढेको गाउँपालिकाले जनाएको छ । 

टाइम्स इनर्जी कम्पनीको सञ्चालक टिमले शिलायान्स गर्नुभन्दा पहिला नै आवश्यक सर सामानहरू ल्याएर व्यवस्थापन गरिएकाले पनि तोकिएको समय भन्दा डेढ महिनाअघि नै बेलिबृज निर्माण सम्पन्न हुने भएको पालिका अध्यक्ष गुरुङले बताउनुभयो ।