• ७ साउन २०८२, बुधबार

रौतहटबाट १३३ केजी गाँजासहित कार बरामद

blog

बरामद गाँजा र कार। तस्बिरः जिल्ला प्रहरी कार्यालय रौतहट

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), साउन ६ गते। रौतहटको गरुडा नगरपालिकाको झाझ पुल नजिकबाट ठूलो परिमाणमा गाँजा  प्रहरी एउटा कार नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरी टोलीले लागुऔषध गाँजा लोड भएको  कारलाई पछ्याउने क्रममा झाझ पुल नजिकबाट कारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

चन्द्रपुरबाट गौरतर्फ आउँदै गरेका ग. ८ च. ६८९६ नम्वरको रातो रङको कारलाई गरुडास्थित इलाका प्रहरी कार्यालय अगाडि ट्राफिक प्रहरीले थापेको चेक प्वाइन्टलाई छलेर दक्षिणतर्फ भाग्ने क्रममा प्रहरीले पछ्याउदै जाँदा गरुडा नगरपालिका–४ मा रहेका क्रशर उद्योग छेउमा कार छोडेर चालक  फरार भएको  जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता रायका अनुसार लागुऔषध गाँजा जस्तो देखिने १३३ किलो बरामद गरी उक्त लागु औषध गाँजा र गाडी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको छ। प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ।